कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको महाकाली बहुप्राविधिक शिक्षालय भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालन हुँदै आएको छ।
शिक्षालय सञ्चालनका सुरुवाती चरण २०७८ सालमा भीमदत्त नगरपालिकाले ऐन र कर्मचारी सम्बन्धी विनियमावली सिटीभिटीको ऐन मिच्दै विपरीत तरिकाले निर्माण गरी शिक्षालय सञ्चालन गरेकामा हालसम्म सुधार नगरी सञ्चालनमा रहेको छ।
शिक्षालयको सञ्चालक समितिमा ४०% प्राविधिक सदस्यहरू हुनुपर्ने व्यवस्था प्राविधिक शिक्षा तथा तालिम व्यावसायिक परिषद्को कार्यविधि २०७७ मा उल्लेख छ । यसै कार्यविधिमा शिक्षालयमा सञ्चालित विषयहरू मध्येका प्रशिक्षकबाट प्रिन्सिपल नियुक्त गर्नुपर्ने विषय उल्लेख गरेको छ। प्राविधिक शिक्षालय सञ्चालन कार्यविधि २०४९ मा शिक्षालयको प्रमुख भन्नाले प्रिन्सिपल हुने उल्लेख गरेको छ।

यसबाट पनि शिक्षालयको प्रमुख, शिक्षालयमा पढाइ हुने विषयहरू मध्येको प्राविधिक हुने र शिक्षालयको प्रमुख नै प्रिन्सिपल हुनुपर्ने व्यवस्था रहेको देखिन्छ। तर भीमदत्त नगरपालिकाले बल मिचाई गर्दै शिक्षालयलाई नै जोखिममा पार्ने गरी शिक्षालयको प्रमुख अप्राविधिक व्यक्ति लाई निरन्तरता दिइरहेको देखिन्छ।
यति मात्र होइन शिक्षालयलाई अनावश्यक भार पर्ने गरी निर्देशक शिक्षालयको प्रमुख हुनेगरी भीमदत्त नगरपालिकाले निर्माण गरेको ऐनमा व्यवस्था गरेको छ तर सिटिईभिटीको ऐन तथा कार्यविधिहरूले शिक्षालयको प्रमुख निर्देशक हुने कुरालाई र अप्राविधिक हुने कुरालाई चिन्दैन ।
यस सम्बन्धमा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीसँग संवाद गर्दा उहाँले पुरानो सरकारले ऐन र बिनियामावली निर्माण गरेको थियो, उक्त सरकारले निर्माण गरेको ऐन नियमावली सिटीभिटीको ऐन तथा कार्यविधि अनुसार ठिक नरहेको आफूले अहिले आएर जानकारी पाएको र यसलाई सच्याउने कुरा राख्नुभएको थियो।
प्राविधिक शिक्षा तथा तालिम व्यवसायिक परिषद् (सिटिईभिटी) लाई समेत सञ्चालक समितिको बैठकमा नबोलाएको परिषद्को प्रदेश कार्यालयले जानकारी दिएको थियो। यसरी आफ्नै ढंगले शिक्षालय सञ्चालन गर्दा शिक्षालय सञ्चालनमा जोखिम हुन सक्ने कुरा परिषद्का ऐन तथा कार्यविधिहरूमा उल्लेख छ।


यस कारणबाट पनि शिक्षालयमा सञ्चालनमा रहेका विषयहरू समेत स्तगन हुन सक्ने लगायतका जोखिम बढेको देखिन्छ भने स्थगन र खारेजी समेत हुन सक्दछ। शिक्षालयमा सञ्चालन हुनुपर्ने नर्सिङ लगायतका विषयहरू समेत जोखिममा पर्ने देखिन्छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया