Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष २५ गते शुक्रबार

चुनावी बाचा पूरा गर्दै बेदकोट वडा ८ बाडियो जग्गाधनी प्रमाण पुर्जा

वेदकोट नगरपालिका वडा ८ ले महेश राज जोशी नेतृत्वको कार्यकाल झन्डै चार वर्ष पुग्न लाग्यो अहिलेसम्म दुईपटक गरेर वडाका नागरिकहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ।

जोशीको चुनावी प्रचारमा पहिलो प्राथमिकताको एजेण्डा थियो जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने यसमा वडा अध्यक्ष निरन्तर लागिरहेका छन्। तर आयोगहरू विगठन हुँदै जाने र  सरकारले ल्याउने विभिन्न नियमहरूका कारण पालिकाले गरेको वर्गीकरण समेत नमानिदिँदा उपयोगमा सबैलाई जग्गाधनी प्रमाण पुर्जा दिन असहज भएको अध्यक्षले बताएका छन् ।

यदि वडावासीहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिन मालपोत र नापी कार्यालयहरूले ढिलासुस्ती गरेमा आनाकानी गरेमा हामी वडावासीका पक्षमा उभिएर लड्न तयार रहेको बताएका छन् ।

नगरका मेयर भोजराज बोहराले वडा ८ को प्रशंसा गर्दै वडामा अरुलाई कार्यभाग दिएर भएपनि वडा अध्यक्षहरूले जग्गाधनी प्रमाण पुर्जाका लागि लाग्नुपर्ने र अहिलेसम्म यसमा लगाएको लगानी खेर फाल्न नहुने उल्लेख गर्नुभएको छ।

बिहीबार बेदकोट नगरपालिका वडा ८मा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला अध्यक्ष नेत्र प्रकाश पन्त लगायत स्थानीय जनप्रतिनिधिहरू समेत बेदकोट नगरपालिका वडा ८ प्राङ्गणमा एक कार्यक्रम गर्दै बेदकोट ८ र बेदकोट ६ का ९३ जनालाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराएको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>