Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष २७ गते आइतबार

बैंकले लिलाम गरेको घर विप्लव नेतृत्वको नेकपा कब्जामा
घरमा पार्टीले टाँसेको ब्यानर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का अजय विकको घर, जसलाई एनएमबी बैँकले लिलाम गरेको थियो, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा लिएको छ।


बैँकले झलारी बजारमा पाँच धुरमा फैलिएको साढे तीन तलाको घर लिलाम गरेको थियो। पार्टीले उक्त घरमा आफ्नै झन्डा र कार्यालय राख्दै पूर्णरूपमा नियन्त्रणमा लिएको जानकारी दिएको छ।


नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरका न्याय विभाग प्रमुख रमन सीले बताए अनुसार, बैँकले विक परिवारलाई जानकारी नदिई घर लिलाम गरेको र परिवारलाई मानसिक पीडा दिएको भन्दै पार्टीले घर कब्जामा लिएको हो। पार्टीका केन्द्रिय सदस्य ललितजङ्ग सीले भने, “धितो लिलाम गर्दा बैँक र दलाल मिलेर विक परिवारलाई समस्यामा पारेको कारण घर कब्जा गरिएको हो।”

 

एनएमबी बैँकले विकले २०७५ मा लिएको ऋणको ब्याज तिर्न ढिलाइ गरेको भन्दै २०८० चैतमा दुई करोड मूल्य बराबरको घर लिलाम गरेको थियो। यस विषयमा बैँकले जालसाजी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा तीन जनाविरुद्ध उजुरी परेको छ। उजुरीमा लिलामी घर खरीदकर्ता धिरेन्द्र साउँद र उनकी पत्नी तुलसीकुमारी डाँगा, साथै वडा १० का वडासचिव जुनाकुमारी शेरालाई समावेश गरिएको छ।

 

अजय विकका अनुसार, १५ वर्षको कर्जा अवधिको ‘होमलोन’ अन्तर्गत २९ लाख ५० हजार ऋण लिएकोमा बैँकले लिलामीको सूचना पाएपछि ३ लाख नगद र १ लाखको चेक बुझाउन गए पनि रकम नपाएको बताए।


बैँकका झलारी शाखाका कर्मचारीले भने सबै कागजात केन्द्रिय कार्यालयमा पठाइएको हुँदा शाखामा उनीहरूलाई जानकारी नभएको बताइरहेका छन्। यसैबीच, स्थानीय जेनजी युवा सङ्घर्ष समितिले बैँकको झलारी शाखामा तालाबन्दी गरेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>