Samriddhipost
२०८२ पुष २९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष २९ गते मङ्गलबार

कांग्रेसमा ‘युद्धविराम’ यस्तो छ वार्ता समिति, केन्द्रिय कमिटि बस्दै

विशेष महाधिवेशनले नेतृत्व परिवर्तनसहितको कार्यविधि पारित गरेपछि सम्भावित पार्टी विभाजन रोक्न कांग्रेसका दुवै समूहले बनाए वार्ता टोली,आज निर्णायक छलफल हुने तयारी छ ।
देउवाले निकटस्थहरुसँग भने( कांग्रेस फुट्छ जस्तो लाग्दैन, बाह्य शक्ति नै लागेका हुन् भने त पार्टी मिल्दैन ।
विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सदस्य रहेको वार्ता समिति गठन, संस्थापनबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्‌का र रमेश लेखकले डिल' गर्ने

 पार्टी फुटपछि आइपर्ने वैधानिक संकट सामना गर्न तयार देखिएनन् गगन
गगन-विश्वको माग
विशेष महाधिवेशनको स्वामित्व केन्द्रीय समितिले लिने र आगामी प्रतिनिधिसभाको निर्वाचनमा न्यायोचित टिकट वितरण हुनुपर्ने 
कांग्रेसका दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूले माग गरी आह्वान गरेको विशेष महाधिवेशनको राजनीतिक स्वामित्व नेपाली कांग्रेस केन्द्रीय समितिले लिनुपर्ने

विशेष महाधिवेशनमा पार्टी सुधारका लागि पेस भएका र सहभागीमार्फत संकलन गरिएका प्रस्ताव र सुझावहरूलाई कांग्रेस केन्द्रीय समितिले ग्रहण गर्ने
पार्टीका उम्मेदवारहरु चयन गर्न विधानबमोजिम संसदीय बोर्ड गठन गर्ने, त्यस्तो बोर्ड गठनमा विशेष महाधिवेशन पक्षधरहरुको सम्मानजनक उपस्थिति हुनुपर्ने 

आसन्न प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरण न्यायोचित एवं सम्मानजनक हुनुपर्ने

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारलाई वितरण गर्ने टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरको सट्टा कार्यवाहक सभापति पूर्णबहादुर खड्‌काको हस्ताक्षर हुनुपर्ने

केन्द्रीय समिति बैठक आज बस्दै

नेपाली कांग्रेसले विशेष महाधिवेशनका कारण पार्टीभित्रको किचलो पेचिलो बन्दै गएपछि केन्द्रीय समिति बैठक डाकेको छ । मंगलबारको केन्द्रीय कार्यसमितिमा केही न केही मिलनविन्दु निस्कने नेताहरू बताउँछन् । यो भनेको पार्टीका महामन्त्रीइय चापा र शर्माले प्रस्तुत गरेको प्रस्तावलाई पार्टीको दस्तावेजका रूपमा स्वीकार्ने र दुवै पक्षको जित हुनेगरी निर्णय आउने संस्थापन पक्षका नेताहरू बताउँछन् ।

यो बीचमा सहमतिको विकल्पहरू वारे महामन्त्री विश्वप्रकाश शर्मा र नेता डा. शेखरबीच पटकपटक छलफलसमेत भएको बताइएको छ ।

विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेको छ । विशेषवाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे समितिमा रहेका छन् । संस्थापनवाट देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकलाई वार्ताको जिम्मा दिइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>