Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ २१ गते शुक्रबार

माओवादि सुदुरपश्चिम कमिटि काे बैठक अनिश्चित, महिना दिन सम्म चयन हुन सकेनन पदाधिकारि

नेकपा माओबादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी को बैठक सरेकाे छ । केन्द्रले माघ २१ गतेका लागि बोलाइएको बैठककाे पुर्ब सन्ध्यामा सूदुरपश्चिम प्रदेशभरि पानी र उच्च भु भागमा निरन्तर हिमपात भएपछि राजमार्ग समेत अबरुद्ध भएकाे र केन्द्रीय सदस्यहरुकाे बैठकले प्राबिधिक राजनितक तयारि नपुगेका कारण बैठक सरेकाे केन्द्रका नेताहरुले बताएका छन ।

माघ २० गते सुदुरपश्चिम प्रदेश बाट केन्द्र मा प्रतिनिधित्व गर्ने सदस्यहरुको बैठक ले प्राबिधिक र राजनितिक तयारी गरि २१ गते प्रदेश कमिटी बैठक बोलाउने भने पनि केन्द्रिय सदस्यहरुको बैठकमा प्रदेश कमिटिको बैठक, एजेन्डा , नेतृत्व चयन बारे ठोस सहमती नहुदा प्रदेश कमिटीको बैठक अनिश्चित भएको प्रदेश सदस्यहरुले बताइरहेका छन ।  अधिकांश प्रदेश कमिटी सदास्यहरु प्रतिकुल मौसम र हिमपात को अवस्था बिच पहाडी जिल्लाहरुबाट बैठक का लागि धनगढी पुगिसकेका छन । पुसमा सम्पन्न प्रदेश अधिबेशनले प्रदेश सदस्यहरु तय गरेकाे थियाे भने प्रदेश पदाधिकारि टुङ्याउन सकेकाे थिएन ।

धनगढी आएका सदस्यहरू तोकिएको समयमा बैठक नहुदा आक्रोशित समेत छन, धनगढि पुगेका एक जना प्रदेश कमिटी सदस्यले भने हामिलाइ बोलाइयो तर यहाँ तयारी पुगेन भनेर बैठक संचालन गरिएन, यसले आम कार्यकर्ता लाई धनगढी आएर होटेल बस्नु पर्ने र अनावश्यक खर्च हुने भयो। केन्द्रका प्रदेश सदस्य, युवा नेता दिपक जोशी ले नेकपा माओवादी केन्द्रको यश अघि पुस मा सम्पन्न भएको अधिबेशनले प्लेन कमिटि तय गरेकाे र  पदाधिकारी लगायत कार्यबिभाजनका काम अबको यस बैठकले गर्ने बताए । आवश्यक छलफल चलेको छ, हिजो देखि प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्य हरुको बैठक चलिरहेको छ। उक्त बैठकले सहमती सहित एकमतले प्रस्ताव ल्याउने छ भन्नेमा बिश्वास छ। तर सहमतिमा नेतृत्व चयन हुन नसकेमा आवश्यकता बमोजिम मतदान को प्रक्रिया अपनाएर भए पनि नेतृत्व टुङ्गो लगाउनु पर्ने उनले बताए। देशमा एकातिर प्रतिगामी तत्वहरु सलबलाउदै गरेको र स्थानिय चुनाव समेत नजिकै आइसकेको अवस्थामा देशको जिम्मेवार पार्टी लामो समय नेतृत्व बिहिन हुदा जिल्ला र स्थानिय तहहरुमा यसले समस्या हुने भएकाले अब चुनावी तयारी सहित अगाडि बढ्न ठोस कार्यक्रम र त्यो कार्यक्रम लाई सहि रुपमा अगाडी बढाउन सक्षम नेतृत्व चयन गरिनुपर्ने उनले बताए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>