Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ २३ गते आइतबार

टिकापुरमा जराेकिलाे पार्टि द्वारा उमेदवारि घाेषणा

मौलिक जरोकिलो पार्टी टीकापुर नगर समितिको आयोजना मा जरोकिलो महाअभियानको छैटौं स्थापना दिवस टिकापुरमा पनि भव्यताका साथ मनाईएको छ। 

स्थापना दिवसको अवसरमा आयोजित वैदिक अनुष्ठान एवम् सत्सङ्गबाट पार्टीका तर्फबाट आसन्न स्थानिय तह निर्वाचनका लागि विभिन्न उम्मेदवारी घोषणा गरिएको पार्टीका नगर संयोजक द्वारिका जोशीले जानकारी दिनुभयो ।

आचार्य टिकाराम आर्यले वैदिक अनुष्ठान गराउनुभएको सत्सङ्गमा टिकापुर नगर प्रमुखमा पुर्व शिक्षक राजु कुमार बिष्ट, उप प्रमुखमा हिरा देवी थारु र वडा नम्बर -४ को वडाध्यक्षमा उर्मिला चौधरीले उम्मेदवारी दिने घोषणा गरिएको हो। 

 

"नयाँ कार्यको शुभारम्भ गर्ने महत्त्वपूर्ण दिनमा वैदिक अनुष्ठान गरि उम्मेदवारी घोषणा गरिएको यो नेपालमै पहिलो पटक भएको र अब टीकापुरका अन्य वडाका साथै जिल्लाका अरु स्थानीय  तह र सुदूरपश्चिम प्रदेशभरी उम्मेदवारी दिने लक्ष्य अनुसार काम भैरहेको र छिट्टै सार्वजनिक गरिने "पार्टीका केन्द्रीय परिषद् सदस्य धिरेन्द्र चन्द सोडारीले बताउनुभयो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>