Samriddhipost
२०८३ असोज ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत ०४ गते बुधबार

सार्वजनिक भयो डोटेली पप गीत ‘सैयाँ वन्डरफुल’

डोटेली भाषाको नयाँ पप गीत ‘सैयाँ वन्डरफुल’ आज सार्वजनिक हुने भएको छ। कलाकार निरज भण्डारीको मुख्य भूमिका रहेको उक्त गीत बुधबार दिउँसो ३ बजेर २ मिनेटमा ‘रातोतातो स्टेशन’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।
गीतमा निरज भण्डारी (कुल्ला डन)को विशेष प्रस्तुति रहेको छ भने निर्देशन विक्रम क्षेत्रीले गरेका छन्। म्युजिक भिडियोमा मनिषा बोहरा र भण्डारीको अभिनय देख्न सकिनेछ।

यस गीतमा पिंकी बोहरा र रोहित साउदको स्वर रहेको छ। गीतका शब्द तथा संगीत पनि साउदले नै सिर्जना गरेका हुन्। द बिग एजुकेशनको प्रोडक्सन रहेको यस गीतले सुदूरपश्चिमको मौलिकता र आधुनिक र्याप शैलीलाई समेट्ने प्रयास गरिएको निर्माण टिमले जनाएको छ।
डोटेली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ निर्माण टिम विगत सात वर्षदेखि सक्रिय रहँदै आएको छ। नयाँ सांगीतिक प्रस्तुति मार्फत स्थानीय मौलिकता, प्रेम, भावना र जीवनका विविध पक्षलाई प्रस्तुत गरिएको छ। गीतले नयाँ पुस्तामाझ डोटेली भाषाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
गीतको प्राविधिक पक्षतर्फ बिट प्रोडक्सन धिराज बलायरले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ आशंक केसीले गरेका हुन्। छायांकन दिपेश सिंह भट्ट र सुनील सिंहले गरेका छन्।
कलाकार भण्डारीले डोटेली भाषा आफ्नो पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सबै लाग्नुपर्ने बताएका छन्। यसअघि उनका ‘पुतली’, ‘पहाडीको छौना’ र ‘हैला बुदी’ लगायतका गीतहरू चर्चित रहेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>