Samriddhipost
२०८२ चैत १७ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ २५ गते मङ्गलबार

एमाले डाेटिमा पहिराे नारद मलासि समेत समाजवादीमा प्रवेश

नेपाल कम्युनिस्ट पार्टी एमालेका पूर्व डोटी जिल्ला अध्यक्ष नारद मलासी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मङ्गलवार दिपायल सिलगढी नगरपालिकाको सभा हलमा भएको एक कार्यक्रमका बिच मलासी पार्टी प्रवेश गरेका हुन् ।

उनलाई समाजवादीका सुदूरपश्चिम प्रदेश इन्चार्ज मदन कुमारी शाह (गरिमा), स्थायी कमिटी सदस्य भानुभक्त जोशी, पार्टी केन्द्रीय सदस्य शेर बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष तथा डोटी जिल्ला इन्चार्ज  हर्क बहादुर सिंह, केन्द्रीय सदस्य तथा डोटी जिल्ला सह इन्चार्ज  पूर्णा जोशी, डोटी जिल्ला अध्यक्ष दिर्घराज बोगटी लगायतले फुल माला र दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

नेकपा एमाले प्रा.लि जस्तो बनेपछि आफूले एमाले छोडी समाजवादीमा प्रवेश गरेको मलासीले बताए ।  एमाले पार्टीमा  व्यक्तिको स्वेच्छाचारी बढेपछि आफ्नो  स्वाभिमानका लागि त्यहाँ बसिरहन उचित नहुने भएपछि पार्टी छोड्न पुगेको बताए ।
मलासी सँगै एमालेका धन बहादुर नेपाली, केशर सिंह कठायत, मकर बहादुर खड्का, लोग बहादुर बलायर, ध्रुव राज उपाध्याय, झलक साउद, बोगटान फुड्सिल गाउँपालिका–६ का पूर्व एमाले वडा कमिटी अध्यक्ष दीप बहादुर बम, गोरख साउद, चौठे खाती, देव बहादुर साउद,  राम बहादुर विष्ट, नर बहादुर विष्ट, चक्र बहादुर खड्का, लाल बहादुर धामी लगायतका नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका छन् ।





प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>