Samriddhipost
२०८३ असोज ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख ०३ गते बिहिबार

डिजलको मुल्य बृद्धि पुग्यो २३७

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य वृद्धि गरेको जनाएको छ। नयाँ मूल्यसूची अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपियाँ र हवाई इन्धमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजल र मट्टीतेलको प्रतिलिटर दुईसय ३७ पुगेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर दुईसय ५६ रुपियाँ पुगेको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपियाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपियाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर तीनसय ३१ रुपियाँ २५ पैसा घाटा रहेको निगमले जनाएको छ । पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख रुपियाँ बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>