प्रकाश दत्त भट्ट
इमर्जिङ्ग नेपाल लिमिटेडले आज अर्थात माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले निष्काशन गरेको शेयर
कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको हो।
- २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाईर
-५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई
-बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणका लागि आवेदन दिन सक्नेछन्।
सो आइपीओ छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
इमर्जिङ नेपाल लिमिटेड (ENL) एक लगानी कम्पनी हो, जुन २०१५ मा सार्वजनिक निजी साझेदारी (PPP) को रूपमा स्थापित भएको थियो। कम्पनीको उद्देश्य विभिन्न क्षेत्रका परियोजनाहरूमा लगानी गर्ने हो। यसलाई नेपालका प्रख्यात व्यापार समूहहरूले प्रवद्र्धन गर्दै आएका छन्।
इमर्जिङ नेपाल लिमिटेडको पूँजी संरचना
सार्वजनिक होल्डिंग: 10%
प्रमोटर होल्डिंग: 90%
क्षेत्र: लगानी
शेयर एकाइ: 555,600
सार्वजनिक प्रतिशत: 10%
बिक्री प्रबन्धक: एनआईसी एशिया क्यापिटल लिमिटेड
स्थिति: स्वीकृत
कम्पनीको प्रवद्र्धन नेपालका प्रख्यात व्यापार समूहहरूद्वारा गरिन्छ। कम्पनीको प्रवद्र्धक विशाल समूह र आइएमई समूहसँग आवद्ध संस्था र केही व्यक्ति हुन् ।

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया