Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
प्रकाश दत्त भट्ट प्रकाश दत्त भट्ट
२०७८ माघ २६ गते बुधबार

धनगढी ट्राफिक प्रहरी द्वारा ट्राफिक नियम पालना सम्बन्धी २१ नियम

जिल्लामा ट्राफिक व्यवस्थापन मार्फत दिनानुदिन बढीरहेका दुर्घटना न्युनीकरण गर्ने उद्देश्यहेतु जिल्ला ट्राफिक कार्यालय धनगढीले ट्राफिक नियम सम्बन्धी जनचेतना अभियान सुरू गरेको छ । यसै कार्यक्रम अन्तर्गत २१ नियम आफ्नो फेसबुक पेज मार्फत जारी गरेको छ

१ . मो.सा. चलाउंदा अनिवार्य रुपमा हेलमेटको प्रयोग गरौं ।
 २.  दुई पाङग्रे सवारी साधनमा दुई (२) जना भन्दा बढि यात्रा नगरौं । 
 ३.  सवारी साधन चलाउंदा मोबाईल फोनको प्रयोग नगरौं ।
 ४. सवारी चलाउंदा अनिबार्य हेलमेटको फिता र सिट बेल्ट प्रयोग गरौं । 
 ५. तिब्र गतिमा सवारी नचलाऔं । 
 ६. सिट क्षमता भन्दा बढि यात्रु नबोकौ । 
 ७. अनावश्यक ओभरटेक नगरौं ।
 ८. सवारी साधन चलाउनु भन्दा पहिले यान्त्रीक चेकजाँच गरौ ।
 ९. सबै सवारी चालकले अनिबार्य रुपमा सवारी चालक अनुमतिपत्र (लाईसेन्स) सवारी दर्ता किताब (ब्लबुक) र भाडाका सावरी साधनले बाटो ईजाजत पत्र (रुट प्रमिट) र जाँचपास अनिवार्य साथमा राखौ ।
 १०. सवारी साधनमा प्रेशर हर्न निषेध गरौ । 
 ११. सवारी साधनको आफुखुसी मोडिफाई तथा स्वरुप परिवर्तन नगरौ । बिशेष गरी साईलेन्सर परिवर्तन नगरौ । 
 १२. सडकमा लेन अनुशासन कायम राखौ । 
 १३. जथाभाबि सडकमा पार्किङ नगरौ । 
 १४. सार्बजनिक सवारी साधनले तोकिएको भाडादर भन्दा बढी भाडा अशुल नगरौ । 
 १५. सवारी साधनको नम्बर प्लेटमा राष्ट्रिय झण्डा,नेपालको नक्सा,बिभिन्न बुट्टा,बिभिन्न लेखन राखिएका सामाग्री तत्कालै हटाऔ र मापदण्ड बमोजिमको नम्बर प्लेट राखौ । 
 १६. बिधुतिय अटो रिक्साले ब्लबुक र लाईसेन्स अनिवार्यरुपमा साथमा राखौ र सवारी चालक अनिमति पत्र नभएका चालकहरुले तत्काल स.चा.अ.प बनाउन तर्फ लागौ । 
 १७. यातायात ब्यवस्था कार्यालय सेतीमा दर्ता हुंदा जुन स्थानिय निकायको सिफारिसमा दर्ता भएको हो सोहि अनुरुप उक्त स्थानमा सञ्चालन गरौ । 
 १८. कालो प्लेटका बिधुतिय ई-रिक्साले ढुवानिका सामाग्री ओसार पसार नगरौ । ( जस्तै रड, पाईप,जस्तापाता,प्लाईउड,दराज,खटिया आदि ) 
 १९. राप्ती, भेरी,लुम्बिनी,महाकालीमा दर्ता भएका बिधुतिय कालो नम्बर प्लेटका ई-रिक्सालाई सम्बन्धीत जिल्लामा सञ्चालन गरौ । 
 २०. मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔ । 
 २१. COVID को जोखिमबाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदणडको पालना गरौ । मास्कको अनिवार्य प्रयोग गरौ ।  उल्लेखित नियमको पालना नगरे सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम कारबाही गर्न सकिने ब्यहोरा समेत रहिआएको छ ।
                   *** ट्राफिक प्रहरीको चाहाना ***
                   *** सुरक्षित यात्राको कामना***

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>