Samriddhipost
२०८३ असोज ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ ०८ गते शुक्रबार

कञ्चनपुरका नौ स्थानीय तहमध्ये शुक्लाफाँटा नगरपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१÷०८२ को लेखापरीक्षणमा शुक्लाफाँटा नगरपालिकाको बेरुजु ०.३६ प्रतिशत कायम भएको हो । जिल्लामा रहेका सात नगरपालिका र दुई गाउँपालिकामध्ये शुक्लाफाँटा नगरपालिकाले वित्तीय अनुशासन, खर्च व्यवस्थापन र लेखा प्रणालीमा प्रभावकारी सुधार गर्दै न्यूनतम बेरुजु कायम गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
 
स्थानीय तहमा आर्थिक पारदर्शिता र सुशासनको सूचकका रूपमा बेरुजुलाई हेरिने भएकाले यो नतिजालाई सकारात्मक रूपमा लिइएको छ । प्रतिवेदनअनुसार बेलडाँडी गाउँपालिकाको बेरुजु ०.४९ प्रतिशत, दोधारा–चाँदनी नगरपालिकाको ०.५८ प्रतिशत,कृष्णपुर नगरपालिकाको ०.७३ प्रतिशत, बेलौरी नगरपालिकाको ०.८४ प्रतिशत,बेदकोट नगरपालिकाको ०.८७, भिमदत्त नगरपालिकको १.२ प्रतिशत तथा लालाझाडी गाउपालिकाको २.१३ प्रतिशत रहेको छ । अन्य स्थानीय तहहरूको बेरुजु दर भने तुलनात्मक रूपमा बढी रहेको जनाइएको छ । 
 
पछिल्ला केही वर्षयता शुक्लाफाँटा नगरपालिकाले आर्थिक प्रशासनमा सुधार, योजनाको प्रभावकारी अनुगमन, समयमै फछ्र्योट तथा पारदर्शी खर्च प्रणालीलाई प्राथमिकता दिँदै आएको नगरपालिकाका अधिकारीहरू बताउँछन् । नगरपालिकाले विद्युतीय लेखा प्रणाली, नियमित आन्तरिक लेखापरीक्षण र सार्वजनिक सुनुवाइलाई प्रभावकारी बनाउँदै आएको जनाएको छ । स्थानीय तहमा बेरुजु कम हुनु वित्तीय सुशासनको सकारात्मक संकेत मानिन्छ । आर्थिक अनुशासन कमजोर हुँदा विकास बजेटको दुरुपयोग, अपारदर्शी खर्च तथा अनियमितता बढ्ने जोखिम रहने भए पनि शुक्लाफाँटाले त्यसतर्फ सुधारात्मक अभ्यास अघि बढाएको देखिएको छ ।
 
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशभरका संघीय, प्रदेश तथा स्थानीय तहमा बेरुजुको अवस्था अझै चुनौतीपूर्ण नै रहेको छ । ६३औँ प्रतिवेदनअनुसार यस वर्षको लेखापरीक्षणबाट कुल बेरुजु ८८ अर्ब ९ करोडभन्दा बढी कायम भएको उल्लेख गरिएको छ । यसअघि सार्वजनिक भएको ६२औँ प्रतिवेदनमा देशभरको अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्बभन्दा बढी पुगेको उल्लेख गरिएको थियो । स्थानीय तहमा मात्रै २ खर्ब ९ अर्बभन्दा बढी बेरुजु कायम रहेको प्रतिवेदनमा जनाइएको थियो । विज्ञहरूका अनुसार स्थानीय तहमा बेरुजु घट्नु भनेको योजनाको कार्यान्वयन, खर्च व्यवस्थापन र सार्वजनिक जवाफदेहितामा सुधार हुनु हो । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>