Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ २६ गते बुधबार

मिडिया फ्रिडम काेलिसन -  कन्सल्टेटिभ नेटवर्ककाे सह अध्यक्षमा पन्त निर्वाचित

मिडिया एक्सन नेपाल (म्यान) का अध्यक्ष लक्ष्मणदत्त पन्त विश्वभर प्रेस स्वतन्त्रताको रक्षा र प्रवद्र्धन गर्ने विश्वव्यापी नेटवर्कको सह–अध्यक्षमा निर्वाचित भएका छन् ।

बिभिन्न देशका २२ संस्था मिलेर बनेको मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क को निर्वाचनले हिजो (फेब्रुअरी ८, २०२२) पन्तलाई प्रभावशाली विश्वव्यापी पदमा निर्वाचित गरेको हो । मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनहरूको समूह हो जसले मिडिया स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको पक्षमा वकालत गर्न र पत्रकारहरूलाई हानि गर्नेहरूलाई कारबाही गर्न मिलेर काम गर्ने राष्ट्रहरूको साझेदारी मिडिया फ्रिडम कोलिसनलाई सल्लाह दिन्छ ।

सह–अध्यक्षमा निर्वाचित भएपछि टिप्पणी गर्दै पन्तले भने, ‘नयाँ अध्यक्ष हुनुमा ठूलो जिम्मेवारी आउँछ । नेपाललगायत धेरै देशमा प्रेस स्वतन्त्रतामाथि हमला भइरहेको बेला हामीले यसलाई जोगाउन सामूहिक रूपमा सक्दो प्रयास गर्नुपर्छ ।’ हामीलाई मिडिया स्वतन्त्रता प्रवर्द्धन गर्न साहस चाहिन्छ, त्यसका लागि, म नेटवर्कका अन्य सह–अध्यक्ष र सदस्यहरू तथा संस्थाहरूसँग मिलेर हाम्रा कार्यहरूलाई अझ राम्रोसँग समन्वय गर्न र प्रभावकारिता बढाउन काम गर्नेछु, पन्तले थपे ।

मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कका सदस्यहरूमा मिडिया एक्सन नेपालसहित आर्टिकल १९, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, इन्टरनेशनल प्रेस इन्स्टिच्युट, रिपोर्टर्स सेन्स फ्रन्टियर्स, अन्तर्राष्ट्रिय प्रसारण संघ, समाचारपत्र र समाचार प्रकाशकहरूको विश्व संघ, द गार्जियन, अन्तर्राष्ट्रिय मिडिया सपोर्ट , कमिटि टु प्रोटेक्ट जर्नालिस्ट्स , पब्लिक मिडिया अलायन्स, इन्टरन्युज यूरोप, आइफेक्स , फ्री प्रेस अनलिमिटेड कम्बोडियन सेन्टर फर ह्युमन राइट्स, पाकिस्तान प्रेस फाउन्डेसन, डि डब्लु अकाडमी लगायतका २२ ओटा सस्थाहरु रहेका छन्।

गत महिना, नेपाल र दक्षिण एसियामा कार्यरत मिडिया अधिकार तथा अनुसन्धान संस्था मिडिया एक्सन नेपाललाई मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यको रूपमा चयन गरिएको थियो। ‘यो नयाँ विश्वव्यापी जिम्मेवारीले मलाई व्यक्तिगत रूपमा र मिडिया एक्सन नेपाललाई प्रेस स्वतन्त्रता प्रवर्द्धन गर्न र पत्रकारहरूको सुरक्षा सुधार गर्न हाम्रो क्षमतामा सबै काम गर्न प्रतिबद्ध बनाएको छ,’ पन्तले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>