Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ २७ गते बिहिबार

भ्रष्ट्राचार आराेपमा जनप्रतिनिधिलाइ बिप्लप युवासंघले लगायाे कालाेमाेसाे

नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनले बेलडाँडी गाउँपालिकाका एक जनप्रतिनिधिलाई कालाे मोसो दलेकाे छ ।

नेकपा कार्यकर्ताहरुले बिहीबार दिउसाे बेलडाँडी गाउँपालिका–२ का वडा अध्यक्ष प्रेम खातीलाई कालाे मोसो दलेका हुन् ।

युवा संगठन नेपालले एक विज्ञप्ती जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । वडा अध्यक्षले भ्रष्टाचार गरेकाले ‘जनकारबाही’ गरिएको विज्ञप्ति मार्फत दाबी गरेकाे छ ।

वडा अध्यक्षले वडा कार्यालय गाउँपालिकामा धेरै अनियमितता गरेकाे, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको, विभिन्न याेजनामा अनियमितता गरेकाे, उपभोक्ता समितिद्धारा आफु अनुकुल काम गरेको आरोप लगाइएको छ ।

यसैगरी, वडा अध्यक्षले गाउँपालिका कार्यालयको पछाडी रहेको एकल महिलाहरुका लागि बनाएको भवनमा आर्थिक अनियमिता गरेको, ग्राईभल फालेर सडकमा समेत आर्थिक अनियमितता गरेको युवा संगठन नेपाल कञ्चनपुरको आरोप छ ।                      खाति एमाले बाट निर्वाचित वडा अध्यक्ष हुन उनलाइ किन तपाईं माथि यस्ताे काम भयाे भन्दा  कार्यालय मा रहेका बेला ८-९ जना अाएकाे १ जनाले सहकारि का बारेमा सा्द्धा मैले परिचय मागेपछि सानाे सिसि बाट कालाे झाेल फालेर भागेकाे बताएका छन , उनले थप्दै भने केही महिना पहिला चन्दा मागेका थिए कहाँ बाट दिने भनेर भनेकाे हु र उनले लगाएका अाराेप निराधार छन पुरै कार्यपालिकाले गर्ने निर्णय म एक्लै कसरी गर्न सक्छु , छानबिन गर्दा हुने र मेराे वडाकाे बिषय मात्र नभएकाे ले कसैले बाट बिप्लप का कार्यकर्ता परिचालन भएकाे हुन सक्ने बताए । 

बिहीबार दिउँसो १ बजे ६\७ जनाको समुहले वडा अध्यक्षलाई कार्यालयमै कालोमसो लगाएको सूचना पाएको ईलाका प्रहरी कार्यालय प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरक्षक रबिन्द्र कठायतले बताउनु भयाे ।

“७ जना मध्ये एक जनाकाे पहिचान भएकाे र तिनिहरू बेलडाँडीका नभएकाले पक्राउ गर्न गाह्रो छ, प्रहरी निरिक्षक कठायतले बताए ।”  उनिहरू सबैकाे खाेजि कार्य भईरहेकाे उनकाे भनाई रहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>