Samriddhipost
२०८३ असोज ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार ०९ गते मङ्गलबार

कञ्चनपुरका तीन स्थानीय सरकारले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका छन । शुक्लाफाँटा नगरपालिका, दोधाराचाँदनी नगरपालिका र लालझाडी गाँउपालिकाले आगामी आर्थिक बर्ष ०८३/०८४का लागि नीति, कार्यक्रम तथा बजेट सोमवार ल्याएका हुन ।

संवैधानिक व्यवस्था अनुरुप शुक्लाफाँटा नगर, दोधाराचाँदनी नगर र लालझाडी गाँउपालिकाले सोमबार बजेट ल्याएका छन । शुक्लाफाँटा नगरपालिकाले ९५ करोड ८४ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आन्तरिक आय २ करोड ४२ लाख ८४ हजार रुपैयाँ रहने अनुमान र बाँकी संघ र प्रदेशको भर परिएको छ । नगरसभामा अगामी वर्षको नीति तथा कार्यक्रम नगर प्रमुख रणबहादुर महराले प्रस्तुत गरेका थिए। 

लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले ४६करोड, ५लाख ९९हजार बजेट ल्याएको बताए । आन्तरिक आय तर्फ ८० लाख प्रक्षेपण गरिएको र बाँकी प्रदेश केन्द्रकै स्रोतमा भर परिएको छ। स्थानीय बस्तु तथा सेवा उत्पादन गरेरगाँउका जनतालाई आत्मनिर्भर बनाउने विषय अघि सारेको बताए। गाँउ प्रमुख रानाका अनुसार शिक्षा, स्वास्थ्य खानेपानी, पूर्वाधार

लगायतका विषय प्राथमिकतामा अघि सारिएका छन । जेष्ठ, नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिको हकमा पनि उनीहको हक अधिकारका विषयमा समेत कार्यक्रम सचालिन गरिने छन ।

दोधाराचाँदनी नगरका प्रवक्ता हरिसिह घनाडीले ७६ करोड, ७९ लाख, २२ हजार बजेट ल्याएको र ४ करोड आन्तरिक आय प्रत्येक्षण गरिएको बताए । प्रवक्ता घनाडीले जनताका लागि नगर बस संचालन गर्ने नयाँ योजना ल्याईएको छ ।

दोधाराचाँदनी नगरका प्रमुख किशोर कुमार लिम्बुले ल्याएको बजेट कार्यान्वयन गरेर नगरको दीगो विकासमा लगाईने बताए। नगर प्रमुख लिम्बुका अनुसार पूर्वाधार, शिक्षा, स्वास्थ्य खानेपानी, समाजिक विकास विपद व्यवस्थापन सहितका विवित विषय प्राथमिकतामा साथ अघि बढाईने छ । जिल्लाका दुई पालिकाले बजेट ल्याएसगै अन्य सात पालिकाले १० असारभित्रै बजेट ल्याउने तयारी अघि बढाएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>