Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ २८ गते शुक्रबार

सेवा निबृत जीवन समाज सेवामा लगाउछु पशु बिकाश अधिकृत जाेशी

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरमा कार्यरत पशु विकास अधिकृत शंकर दत्त जोशी सरकारी सेवाबाट सेवानिव्रृत भएका छन । उमेर हदका कारण पशु विकास अधिकृत जोशी सरकारी सेवाबाट सेवानिव्रृत भएका हुन । उनको शुक्रबार एक कार्यक्रमका विच भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले विदाई गरेको छ । 

०४५ सालमा नायब पशु सेवा प्राविधिक पदबाट सरकारी सेवामा प्रवेस गरेका जोशी ०७८ साल माघ अन्तिम साता उमेर हदका कारण सेवाबाट अवकास पाएका हुन । 

 जोशीले ०३८ सालमा प्राथमिक तहको शिक्षक सेवा पास गरेर महेन्द्रनगरकै लक्ष्मी माविमा केही बर्ष शिक्षण पेशा गरेका थिए । त्यसपछि उनले ०४३ सालमा प्रहरी निरीक्षक र ०५४ सालमा पशु विकास तर्फ सरकारी सेवामा प्रवेस गरेका थिए । 

३३ बर्षिय जागिर अवधिको अधिकाँस समय भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरमै थिए । एक पटक अध्ययन, दुई पटक संघीय मन्त्री लेखराज भट्ट र बिना मगरको स्वकीय सचिवालयमा काम गरेका थिए । जोशीको विदाई कार्यक्रममा कर्मचारी भावुक भएका थिए । टिका खादा, माला एव विभिन्न गिप्ट दिदै उनीहरु भावुक बनेका थिए । कर्मचारीले सेवा निवृतपछि राजनीतिक एव समाजिक जिवनका साथै नेतृत्वका लागि समेत शुभकामना दिएका थिए । 

विदाई कार्यक्रममा पशु विकास अधिकृत महेन्द्र प्रशाद पाण्डेले पशु विकास अधिकृत जोशीको विदाईले अभिभावक अभाव खडकिएको महसुुस भएको बताए । ‘जोशी सर कार्यालयमा हुँदा हामीलाई थप काम गर्ने हौसला प्रदान गरेको थियो, ‘उनले भने, ‘अहिले विदाई गरिरहेका छौँ, हामी निकै भावुक भएका छौँ ।’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा. पानसिह ठगुन्नाले पशु विकास अधिकृत जोशीले सबै कर्मचारीलाई एकजुट गरेर उर्जावान ढङगबाट अघि बढाएको बताए । ‘हामीलाई जोशी सर हुँदा कार्यालयमा अभिभावक जस्तो भएको थियो, ‘कार्यालय प्रमुख डा. ठगुन्नाले भने, ‘अझै पनि हामी र जोशी विच थप सदभाव हुनेछ ।’ 

विदाई कार्यक्रममा पशु विकास अधिकृत शंकर दत्त जोशीले आफ्नो जागिर अवधिमा थुप्रै कार्यालय प्रमुख तथा कर्मचारीको स्वागत तथा विदाई यही कक्षमा गरेको स्मरण गर्दै आज आफ्नै विदाई पनि यही कक्षमा हुनु परेको स्मरण गरे । ‘सम्पूर्ण कर्मचारी साथिहरुको सद्भाव माया स्नेहका कारण म विवाद रहित ढङगबाट विदाई भएको छ, ‘उनले भने, ‘मेरो अब रिटायर जिवन समाजवेवामा लगाउँछु ।’ पशु विकास अधिकृत जोशीले जागिरे जिवनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार प्रकट गरेका छन । विदाई कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मदन सिह धामी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा. पानसिह ठगुन्ना सहितका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कर्मचारी, कृषक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>