साउन महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार असार मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका वाणिज्य बैंकहरूले अधिकांशले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
तथापि, २० वटा वाणिज्य बैंकहरूमध्ये ६ वटाले भने असारका तुलनामा आउँदो साउनका लागि केही ब्याजदर घटाएका छन् । एनएमबी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकले मुद्दतीको ब्याजदर थप घटाएका छन् ।
यी बैंकहरूले आगामी साउन महिनाका लागि निक्षेपका लागि अधिकतम ४.५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन् भने न्यूनतम ३.८५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन् ।
कम ब्याजदर प्रस्ताव गर्नेमा कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । यी बैंकहरूले ३.८५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन् । अरु १४ वटा बैंकलेहरूले अधिकतम ४.५५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया