Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन ०९ गते शनिबार

नेकपा एमाले र नेकपाबीच सातै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। आज एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने सहमति भएको छ।

मधेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय सहमति पत्रमा उल्लेख छ।

यसअघि नेकपा बनाउने बेलाका मुख्य साक्षी एमालेका विष्णुप्रसाद पौडेल र नेकपाका वर्षमान पुन यो हस्ताक्षरमा साक्षी देखिएका छन् । प्रचण्डले श्रीलंका जानुअघि नै वर्षमानलाई जिम्मेवारी दिएका थिए भने एमालेका पौडेल थुनामुक्त भएपछि सकृय भएका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>