Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ २८ गते शुक्रबार

हृदयेश त्रिपाठिले नया पार्टि दर्ताका लागि निबेदन दिए । काे छन पार्टि पदाधिकारिमा

हृदयेश त्रिपाठीले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
३० सदस्यीय कार्यसमितिसहित त्रिपाठीले शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएको सो पार्टीका महासचिव ईश्वरदयाल मिश्रले बताए । पार्टी दर्ताका पार्टीको विधान, घोषणापत्र लगायत कार्यसमिति सदस्यको हस्ताक्षरसहित आवश्यक अन्य डकुमेन्टहरू राखेर निवेदन दर्ता गराएको उनले बताए । उनले भने, ‘३० जनामध्ये १५ जनाले सनाखत गरेका छन् । बाँकी १५ जनाले आइतबार सनाखत गर्नेछन् ।’ 
अध्यक्ष त्रिपाठीले चुनाव चिन्ह दिएका छैनन्। निर्वाचन आयोगले तीनवटा चुनाव चिन्हमध्ये एउटा चयन गर्न भनेको थियो तर अध्यक्ष त्रिपाठीले आफूले चुनाव चिन्ह पछि दिने बताएका छन् ।
पार्टी वरिष्ठ उपाध्यक्षमा डा.शिवजी यादव छन् । यस्तै अन्य तीनजना उपाध्यक्षमा  हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ रहेका छन् । महासचिवमा इश्वर दायाल मिश्र र डा.भरतकुमार थापा रहेका छन् भने सदस्यहरुमा बाबा सरकार श्रेष्ठ, हेमशंकर सिंह ‘राजपुत’, श्याम थापा, देवेन्द्र किशोर ढुगांना, उमा तिवारी, रामचन्द्र सुतियार शर्मा, श्रीमननारायण मिश्र, शोभा त्रिपाठी, गीता भुसाल, श्यम कृषि अधिकारीलगायतका छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>