कोभिड - १९ को तेस्रो लहरका कारण भौतिक रुपमा बन्द रहेका सम्पुर्ण विद्यालयहरु स्वास्थ्य मापदण्डको पालना गरि २०७८ फागुन १ गतेदेखि भौतिक रुपमा विद्यालय संचालन गर्नसकिने भएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाइ कञ्चनपुरले कञ्चनपुर जिल्ला भित्र रहेका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई फागनु १ गते बाट कक्षा सञ्चालन गर्नको लागि पत्र पठाएको छ । कोभिड –१९को तेस्रो लहर आए पछि विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन बन्द गरेका थिए ।
शिक्षा तथा मानवश्रोत विकास केन्द्र सानो ठिमिभक्तपुरले माघ २८ गते दिएको निर्देशन बमोजिम विद्यालय, टयुशन सेन्टर, तालिम तथा अन्य प्रकारको शैक्षिक क्रियाकलापहरु जनस्वास्थय र सुरक्षाको मपदण्ड पालना गर्ने गरी कक्षा सञ्चालन गर्न भनेको छ जसमा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पुरा नभएका विद्यार्थीका लागि आलो पालो दिनमा कक्षा सञ्चालन गर्ने बताएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया