Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन २० गते बुधबार

नेपालमा हवाई यातायातको भाडा बढ्यो, सडक यातायातको यथावत ।
फाइल तस्बिर

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई यातायातको भाडा समेत बढेको छ । सडक यातायातको भाडा भने यथावत रहेको छ। निगमले १७ साउनबाट लागू हुने गरी इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले बढाएको थियो।

अहिले प्रतिलिटर हवाई इन्धनको मूल्य २९० रुपैयाँ पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटमा जोडिने इन्धनको मूल्य समायोजन गरी वायुसेवा कम्पनीहरुलाई जानकारी गराएको छ। बढेको मूल्य आजैबाट कार्यानवयनमा आएको छ । प्राधिकरणका अनुसार काठमाडौंबाट धनगढी रुटमा यसअघि १० हजार १२० रुपैयाँ रहेको फ्यूल सरचार्ज अब बढेर ११ हजार पुगेको छ। अर्थात् धनगढी जाने टिकटको मूल्य ८८० रुपैयाँले बढेको छ।

सबैभन्दा बढी मूल्य भने विराटनगर–धनगढी १ हजार २९०, नेपालगन्ज–भद्रपुर रुटमा १ हजार १७० र जनकपुर–धनगढी रुटमा ११ सय रुपैयाँले वृद्धि भएको छ। काठमाडौं माउन्टेन फ्लाइट रुटमा ६८५, काठमाडौं– भद्रपुरमा ६०५, काठमाडौं विराटनगर ४८०, काठमाडौं–जनकपुर २६०, काठमाडौं–भद्रपुर रुटमा २१५ रुपैयाँले टिकटको मूल्य बढेको प्राधिकरणले जनाएको छ।

काठमाडौ–पोखरा ३१५, काठमाडौं–भैरहवा ४१०, काठमाडौं–नेपालगन्ज ६५५, काठमाडौं–तुम्लिङटार ३७० र काठमाडौं–सिमराको भाडा १८० रुपैयाँले बढेको छ। पोखरा–भद्रपुर ८१०, पोखरा–धनगढी ६८५, पोखरा– जनकपुर ५२५ रुपैयाँले मूल्य बढेको देखिएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>