Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ २९ गते शनिबार

शुक्लफाँटा निकुन्जमा बाग गणना सुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित आसपासका वन क्षेत्रमा स्वचालित क्यामेरामार्फत बाघ गणना सुरु गरिएको छ । शनिबारदेखि निकुञ्जसहित आसपासका वन क्षेत्रमा बाघ गणना सुरु गरिएको निकुञ्जले जनाएको छ। त्यसका लागि शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा क्यामेरा जडान गरिएकाे छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार महतोले बाघको फोटो खिच्नका लागि स्वचालित क्यामेराबाट गणना गर्न लागिएकाे बताए। उनका अनुसार बाघ गणनाका लागि दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर दुई सय ६० ग्रिट विभाजन गरिएको छ। निकुञ्जको चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी, हीरापुर, डिभिजन वन कार्यालय कञ्चनपुरअन्तर्गत तिलकेनी, बेदकोट, दोम्मिल्ला, डाँगाजाई र डडेल्धुराअन्तर्गत आलिताल, नाउला र चिरकोटम गरी ११ स्थानमा क्याम्प रहनेछन्।

तीन सातामा बाघ गणना हुनेछ। ११ क्याम्पमध्ये निकुञ्जभित्र ९५ ग्रिटमा १९० क्यामेरा, लालझाडी–ब्रह्मदेव क्याम्पमा एक सय सात ग्रिटमा दुई सय १४ र डिभिजन वन कार्यालय डडेल्धुरा जोगबुढामा ५८ ग्रिटमा एक सय १६ क्यामेरा जडान भएका छन्। रहेक ग्रिटमा एक जोडी क्यामेरा १५ दिनसम्म सञ्चालन हुनेछ। बाघ सर्वेक्षणका लागि कुल पाँच सय २० क्यामेरा, ७० जना प्राविधिक र पाँच हात्ती परिचालन हुनेछन्।

शुक्लाफाँटामा सन् २००९ देखि बाघ गणना हुँदै आएको छ। सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्‍याउने सरकारको लक्ष्यअनुरूप शुक्लाफाँटामा समेत बाघको संख्या दोब्बर गर्ने लक्ष्य राखिएको छ। शुक्लाफाँटामा ६८.०४ आहारा प्रजातिको घनत्व छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>