Samriddhipost
२०८३ भदौ १० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ भदौ १० गते बुधबार

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा कैलालीमा श्रीमतीसहित पाँच जना पक्राउ
कैलालीको जानकी गाउँपालिकास्थित अमरावती जंगलमा भेटिएको रगत र शंकास्पद वस्तुले केही दिनदेखि रहस्यमय बनेको एक बेपत्ता घटनाको गुत्थी सुल्झाउन प्रहरीलाई महत्वपूर्ण सुराक दिएको छ।

 कैलालीको जानकी गाउँपालिकास्थित अमरावती जंगलमा भेटिएको रगत र शंकास्पद वस्तुले केही दिनदेखि रहस्यमय बनेको एक बेपत्ता घटनाको गुत्थी सुल्झाउन प्रहरीलाई महत्वपूर्ण सुराक दिएको छ।

साउन २२ गते जंगलमा रगतसँगै मासुका टुक्रा, दाउ, प्लास्टिकको झोला, चप्पल, हेल्मेट र जेब्राझोलाको ताना भेटिएपछि प्रहरीले घटनास्थललाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको थियो। सुरुमा ती सामग्री कसको रगत र कसरी त्यहाँ पुगे भन्ने स्पष्ट थिएन।
पछि फरेन्सिक परीक्षणबाट बरामद रगत मानिसको भएको पुष्टि भयो। त्यसपछि प्रहरीले केही समयदेखि सम्पर्कविहीन रहेका दीपक सुनारको खोजीलाई घटनासँग जोडेर अनुसन्धान अघि बढायो।
श्रीमान् हराएको सूचना दिन पुगेकी थिइन् एमुना
लम्कीचुहा निवासी दीपक सुनार अमरावतीस्थित ससुरालीमा बस्दै आएका थिए। दीपक बेपत्ता भएको भन्दै उनकी श्रीमती एमुना सुनार साउन २२ गते साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय लम्की पुगेकी थिइन्। कार्यक्षेत्र फरक रहेको भन्दै उनलाई टीकापुरस्थित प्रहरी कार्यालय जान भनिएको थियो।
तर, सोही दिन दिउँसो करिब २ बजे नै अमरावती जंगलबाट प्रहरीले रगतसहित विभिन्न सामग्री बरामद गरिसकेको थियो। रगत मानिसको भएको पुष्टि भएपछि अनुसन्धानको केन्द्र दीपकको बेपत्ता घटनातर्फ मोडियो।
प्रेम सम्बन्धदेखि हत्याको योजनासम्म
प्रहरीको प्रारम्भिक अनुसन्धानले दीपकको हत्या योजनाबद्ध रूपमा गरिएको देखाएको छ। घटनामा उनकी श्रीमती एमुना र उनका प्रेमी दुर्योधन सुवर्णकारको संलग्नता रहेको आरोप प्रहरीले लगाएको छ।
अनुसन्धानअनुसार साउन २१ गते एमुना र दुर्योधन टीकापुर पुगेका थिए। उनीहरू केही समय होटलमा बसेपछि एमुना आफ्नो घर फर्किएकी थिइन्। उता दुर्योधनसँग रहेका अन्य व्यक्तिहरू गोचाली खाजा घरमा बसेका थिए।
राति करिब १० बजे उनीहरू अमरावती जंगल पुगेका थिए। जंगलमा पुगेको जानकारी एमुनालाई गराएपछि उनले दीपकलाई स्कुटीमा राखेर त्यतैतर्फ लगेको प्रहरी अनुसन्धानमा उल्लेख छ।
जंगल पुगेपछि दीपकमाथि हतियार प्रहार गरी हत्या गरिएको र त्यसपछि शव कर्णाली नदीमा फालिएको बयान पक्राउ परेकाहरूले दिएको प्रहरीले जनाएको छ।
पाँच जना प्रहरी नियन्त्रणमा
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एमुना सुनार, उनका प्रेमी लम्कीका दुर्योधन सुवर्णकार, टीकापुर–३ का रामराजेश महतो तथा कञ्चनपुरको बेलौरी–८ का बीरेन्द्र राना र भीम राना छन्।
प्रहरीका अनुसार एमुना र दुर्योधनले अन्य व्यक्तिलाई रकम दिने सहमतिमा दीपकको हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यद्यपि हत्या गर्न कति रकममा सहमति भएको थियो भन्ने विषय अझै अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय टीकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली तथा नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको टोली परिचालन गरिएको छ। प्रहरीले घटनामा प्रयोग भएको भनिएका सामग्री, हत्याको उद्देश्य र शवको अवस्थाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>