बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सतबाँझबाट सुर्नयाको बरायलतर्फ जाँदै गरेको बा.प्र.०३१ च ९३६८ नम्बरको जिप आज साँझ साढे पाँच बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उक्त जिप अनियन्त्रित भइ सडकबाट १५ मिटर तल खस्दा जिपमा सवार ११ जनामध्ये सातजना घाइते भएका हुन् । घाइते हुनेमा सुर्नया गाउँपालिका–२ की अन्दाजी ६५ बर्षीया हजारी बिष्ट, सोही ठाउँकी ३१ बर्षीया सुशीला भण्डारी, सोही ठाउँकी ७ बर्षीया दिप्ती बिष्ट, सुर्नया गाउँपालिका–६ रीगा बस्ने २० बर्षीया दिपा कुँवर, सुर्नया गाउँपालिका–५ स्वाली बस्ने ३० बर्षीय हरिश विक, सोही ठाउँका ४३ बर्षीय तिलक चन्द र सोही ठाउँका ३० बर्षीय दिपक चन्द रहेका प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाएको र उनीहरुको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया