Samriddhipost
२०८३ असोज २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज २१ गते बुधबार

विगत वर्षहरूमा खेतीपाती काट्ने निर्णय गर्दा आकाश आकाश हेरेर अनुमान गर्नुपर्ने अवस्था थियो। अहिले बेल्डारी २ वैवाहका किसान दिनेश चौधरी अहिले मौसम पूर्वानुमानको सूचनाले ढुक्क छन्।

 

कहिले पानी पर्छ, कति पर्छ र वर्षाको सम्भावना कस्तो छ भन्ने जानकारी उहाँको मोबाइलमै आइपुग्छ। मौसमबारे जानकारी लिन म्यासेजका अलावा फोन गर्न सकिन्छ। “पहिला धान काट्न आकाशको बादल हेरेर निर्णय गर्नुपथ्र्यो अहिले मौसमको पूर्वसूचनाले सहज भएको छ,” चोधरीले भने, “११५५ मा फोन गरेर जानकारी लिएपछि धान वा अरु खेती काट्ने समय तय हुन्छ।”

 

२ बिगाह जग्गामा धानखेती गरेका उनले हाल जल तथा मौसम विज्ञान विभागबाट जानकारी लिएर मात्रै खेतीपातीको निर्णय गर्ने गरेको जानकारी दिए। 

 

मौसम पूवार्नुमानको सूचनाले चौधरी जस्तै वेदकोट ८ का प्रकाश जोशी लाई खेतमा काम गर्न सहज भएको छ। “११५५ मा मौसमबारे जानकारी लिएपछि मात्रै खेती काट्ने समय तह हुन्छ,” जोशीले भने, “आवश्यक जानकारी लिएर नै खेतमा जान्छौ।”

उनले विभागले दिने पूर्वजानकारीले हाल खेतीपातीको काम गर्न धेरै सहज र भएको बताए। उनले १५ कट्ठा जमिनमा धानखेती गरेका छन्। विभागले बुधबार कञ्चनपुरमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएपछि कञ्चनपुरका किसान सचेत भएका थिए । यसबारे जानकारी नभएका कतिपय किसानको भने काटेको धान खेतमा भिजेको अवस्था पनि छ।

 

जिल्लाको कुल एक लाख ६१ हजार ६२४ हेक्टर क्षेत्रफलमध्ये ५६ हजार ३६३ हेक्टर खेतीयोग्य रहेको छ। जसमध्ये ४८ हजार ४९६ हेक्टरमा धानखेती हुने गरेको अनुमान छ। यस्तै, ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>