Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन ०५ गते बिहिबार

बिहिबार नेप्से कतिले घट्याे कति भयाे काराेबार

साताको अन्तिम कारोबार दिन धितोपत्र बजारमा खरिदकर्ता र बिक्रीकर्ता बीच चर्को रस्साकस्सि देखिएको छ। जसका कारण कारोबार रकम घटेको छ।
बिहीबार नेप्से परिसूचक करिब २ अंक घटेर बन्द भएको छ। यस दिन नेप्से १.९३ अंक घटेर २७३२.५२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ।

नेप्सेसँगै बिहिबार कारोबार रकममा पनि कमी आएको छ , २२७ कम्पनीको ३४ हजार ३४६ पटकको कारोबारमा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रुपैयाँ बराबरको ४० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेका छन् भने बाँकीको सूचक घटेका छन्।

कारोबार रकमका आधारमा यस दिन जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन २२ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरी र नेपाल टेलिकमको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बिहीबार कारोबारमा आएको तेह्रथुम पावर कम्पनी र युनाइटेड इदि मार्दीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>