Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन ०५ गते बिहिबार

महाकाली पुल आयाेजना स्थलमा बिप्लपले गाडे झण्डा

नेकपा विप्लव कञ्चनपुरले महाकाली पुल निर्माण कम्पनी कुमार सिएफसिई जेभी महाकाली नदीको अवैध उत्ख्नन र कमसल खालका समाग्री प्रयोग गरेको भन्दै एक्सनमा उत्रिएको छ । 

विप्लव कञ्चनपुरले पहुँच मार्गमा कमसल खालका समाग्री प्रयोग गरेर सडक निर्माण गरेको भन्दै अवैध काम रोक्न माग अघि सारेर पुल निर्माण क्षेत्रमा झण्डा सहित ब्यानर गाडेका छन । 

नेकपा विप्लव कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले निर्माण कम्पनीले पुल निर्माणको साटो महाकाली नदीको स्रोत दोहन, राज्यलाई कर नतिर्ने र सडक निर्माण गर्दा गुणस्तहिन काम गरेको बिरोधमा पार्टीले चेतावनी स्वरुप पुल निर्माण क्षेत्रमा झण्डा र ब्यानर टाँसेको बताए । ‘अहिले चेतावनी मात्रै हो, ‘उनले भने, ‘यदि निर्माण कम्पनीले आफ्नो कमिकमजोरी सुधार नगरे थप एक्सनमा जान्छौँ ।’ केही दिन अघि महाकाली नदी तटिय क्षेत्रका स्थानीय सहित जनप्रतिनिधीले ठेकेदार सिएफसिई जेभी बिरुद्धमा आन्दोलन गरेका छन । निर्माण कम्पनीले काम गरिरहेको जनाएको महाकाली पुल आयोजनाले जनाएको छ । आयोजनाका अनुसार निर्माण कम्पनीले एक महिनाभित्रै भत्किएको पहुँचमार्ग बनाउने भने अनुरुप काम भईरहेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>