Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन ०५ गते बिहिबार

भिमदत्त ६ मा शाख जाेगाउन जुट्याे एमाले, सुरु गर्याे टाेल गठन

एमालेको आठौं जिल्ला अधिवेशनमा निर्वाचत भएर वडामा जिम्मेवारि पाएका नेता समेत वडाका नेताहरु अहिले टोल कमिटी निर्माणमा सक्रिय भएर लागेका छन् ।

भीनपा ६ मा एमालेको बलियो पकड छ । हालसम्म ६ नम्बर वडामा एमाले जित्दै आएको छ । २०७४ को स्थानीय तह निर्वाचन अघि २०५४ र २०४९ को स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको थियो ।

एमाले विभाजनले ६ नम्बर वडामा एमालेलाई असर पर्न सक्ने आँकलन नेताहरुको छ । एमाले विभाजनको क्षति पूर्व माओवादीबाट एमाले आएका नेता कार्यकर्ता पूर्ति गरी फेरि पकडलाई यथावत राख्नु पर्ने दबाव एमालेलाई छ ।

स्थानीय तह निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित हरक सिह धामी, पूर्व मन्त्री उर्वादत्त पन्त, सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल लगायतका नेता नेकपा समाजवादीमा गएका छन् ।

एमाले भीनपा ६ का इन्चार्ज चन्द्र कार्कीले स्थानीय तह निर्वाचनमा एमालेको पकड कायम रहने बताए । ‘यो वडामा विगतदेखि जित्दै आएका छौ, यस पटक पनि जित्छौ’ उनले भने, ‘त्यसका लागि वडाका सबै टोलसम्म पुगेर संगठन निर्माण गरि रहेका छौ ।’

एमालेलाई सबैको घरसम्म पुगाउने अभियान लिएर अघि बढेको उल्लेख गर्दै इन्चार्ज कार्कीले ६ नम्बरका सबै नेता कार्यकर्ता एकजुट भएर चुनाव लक्षित कार्यक्रममा लागेको बताए ।

चुनाव लक्षित कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य नर बहादुर विक, नेता जनकराज अवस्थी, इन्चार्ज कार्की,राजेन्द्र आग्री,युवा संघका प्रदेश सह संयाेजक नितिश रावल, वडा अध्यक्ष लक्ष्मण सिह, निवर्तमान अध्यक्ष लक्ष्मी भट्ट, सरस्वती रावल (निर्वाचित महिला सदस्य तथा कार्यपालिका सदस्य) लगायत जनप्रतिनिधि,  सक्रिय रुपमा लागेका छन ।

बिहीबार   अध्यक्ष लाल बहादुर सिंहकाे अध्यक्षता तथा प्रदेश कमिटी सदस्य नर बहादुर बि.क काे प्रमुख आतिथ्यमा टोलमा भेला गरी धन बहादुर धामीको अध्यक्षतामा टोल कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्ष लक्ष्मी कँुबर, सचिब मोहन कार्की ,उप सचिव शुशिला चन्द सहित सदस्यहरु बिमला कार्की ,प्रमानन्द भट्ट ,पार्वती ठगुन्ना, माधवी सिह, बिना कार्की चयन भएकाे वडा अध्यक्ष सिहले बताउनुभयाे  ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>