Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन ०६ गते शुक्रबार

एमसिसि बिरुद्ध बिप्लप निकट बिध्यार्थिकाे  बिराेध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समिति द्वारा राष्ट्रघाती सम्झौता एम सी सी खारेजीको माग गर्दै शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्याली निकालिएको छ । संगठनले उक्त सम्झौता देशको राष्ट्रियता, स्वाभिमान, स्वाधीनता ,सार्वभौमसत्ताको विरुद्धमा रहेको भन्दै विरोध प्रदर्शन गरेको छ ।

 

सो विरोध प्रदर्शन को कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी का केन्द्रिय सचिव वीरेन्द्र शाहले यो देशका संसदवादी दलालहरुले बदनियतपूर्ण तरिकाले आफ्नो देशको राष्ट्रियता अमेरिकालाई बेच्ने कुचेष्टा गरिरहेको बताउँदै आफ्नो संगठन , पार्टीले यो सम्झौता खारेज नगर्दा सम्म निरन्तर संघर्स गर्ने बताएँ । नेता शाहले भने, “आजसम्मका जति पनि राष्ट्रघाती सम्झौता गरिएका छन् त्यसमा कांग्रेसको नै अग्रसरता रहेको आरोप लगाउँदै अहिले MCC सम्झौता लागू गर्नमा पनि कांग्रेस पार्टी मुख्य भूमिका रहेको छ । हामीले कुनै पनि हालतमा यो सम्झौतालाई लागू हुन नदिने उनले बताए । त्यसैगरी संगठनका सुदुरपश्चिम प्रदेश इन्चार्ज प्रकाश जप्रेलले देश जनताको हित विपरित रहेको अमेरिकी सैन्य रणनीति संग सम्बन्धित परियोजना एम सी सी नेपाल लागू गर्न नदिने बताए । उनले भने अमेरिकाले विकाशको नाममा नेपाल प्राकृतिक स्रोत साधनको दोहन गर्ने लक्ष्य सहित नेपाल भित्रिने योजना बनाएको छ हामी यो देशका न्यायप्रेमी आम युवा विद्यार्थीहरुले उक्त सम्झौता खारेज गर्नुपर्ने छ र यसका लागि आफ्नो संगठन जस्तोसुकै किसिमको प्रतिरोध गर्न तयार रहेको इन्चार्ज जप्रेलले बताए ।

 

 

उक्त विरोध जुलुसमा राष्ट्रघाती सम्झौता MCC खारेज गर, गो ब्याक अमेरिका,दलालहरु होसियार, संसदीय व्यवस्था मुर्दाबाद,अखिल क्रान्तिकारी जिन्दाबाद जस्ता नारा सहभागी आन्दोलनकर्ताले लगाएका थिए । विभिन्न स्कूल, कलेजहरुका बाट आएका विद्यार्थी र संगठनका नेताहरुको सहभागिता सहित नाराबाजी गर्दै जुलुस अन्तिममा महेन्द्रनगर बजारको मदन चोकमा कोणसभामा परिणत भएको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>