Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन ०६ गते शुक्रबार

धानबालीमा क्षति पुगेका किसानलाई राहत, ३१ जिल्लाका लागि एक अर्ब निकासा

बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका सुदूरपश्चिमका पाँचसहित ३१ जिल्लाका किसानलाई सरकारले राहत रकम उपलब्ध गराउन १ अर्ब रुपैयाँ निकासा गरेको छ ।

हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव समेतको उपस्थितिमा बसेको बैठकले धानबालीमा क्षति पुगेका किसानलाई मात्र राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । मापदण्ड, २०७८ ले निर्धारण गरेको आधार र प्रक्रिया बमोजिम राहत उपलब्ध गराउन लागिएको छ ।

देशका विभिन्न भागमा गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म बेमौसमी वर्षाको कारण धानबालीमा क्षति  पुग्दा विभिन्न जिल्लाका किसान प्रभावित भएका थिए । किसानलाई राहत उपलब्ध गराउने सम्बन्धमा गत कात्तिकमा सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, स्वीकृत गरेको थियो ।

अर्थ मन्त्रालयबाट निकासा प्राप्त रकम केन्द्रीय विपद् व्यवस्थापन कोषमा ल्याई सो रकममध्ये धानबालीमा क्षति पुगेका इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, सिरहा, बारा, रौतहट, मकवानपुर, रसुवा, काभ्रे, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बर्दिया, दाङ, रोल्पा, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके, प्यूठान, हुम्ला, जुम्ला, कालिकोट, डडेल्धुरा, बाजुरा, बैतडी, कन्चनपुर र कैलालीका किसालाई राहत उपलब्ध गराउन निर्णय भएको हो ।

ती जिल्लाका विपद् व्यवस्थापन कोषमा फागुन २ गते नै रकम निकासा भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>