Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन ०७ गते शनिबार

राष्ट्र उत्थान लघुवित्तको आइपीओमा साढे २ करोड कित्ता शेयर माग

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओमा २० लाखभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज शुक्रबार साँझ साढे ५ बजेसम्ममा २० लाख ६७ हजार ४४३ जना आवेदकबाट २ अर्ब ४१ करोड ६८ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ४१ लाख ६८ हजार ६४० कित्ता शेयरको लागि आवेदन परेको हो ।
लघुवित्तले फागुन ४ गतेदेखि लघुवित्तले जारी पूँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ९४ हजार ५०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले फागुन १३ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले संस्थाको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणलाई ८ करोड ५० रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>