Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन ०७ गते शनिबार

२४ सै घण्टा ब्रा लगाउँदा क्यान्सर हुन्छ ? यो नलगाउनुका फाइदा के ?


ब्रा बारे खुलेर कुरा गर्न पनि हाम्रो समाजमा प्रतिबन्ध छ । विश्वभरीका करोडौँ महिलाको मनमा ब्राबारे विभिन्न प्रश्न रहँदै आएको छ । विशेषगरी ब्रा लगाउने कि नलगाउने भन्ने प्रश्नमा नै धेरैजना अल्मलिएका छन् ।  
यस्तै गरी, २४ घन्टा ब्रा लगाउनाले के साँच्चिकै स्तन क्यान्सर हुन सक्छ ? यो प्रश्नको जवाफ अमेरिकन क्यान्सर सोसाइटीले दिएको छ  ।
अमेरिकन क्यान्सर सोसाइटीले ब्रा लगाउनाले स्तन क्यान्सर हुन्छ नै भन्ने कुनै वैज्ञानिक प्रमाण नभएको बताएको छ ।
सन् २०१४ मा १ हजार ५१३ पोस्ट मेनोपज (रजनोवृत्ति) भइसकेका महिलामा अनुसन्धान गरियो । जसमा ब्रा लगाउनु र स्तन क्यान्सरबीच कुनै सम्बन्ध नभएको पाइयो ।
हामी आज ब्रा लगाउनुका फाइदा र बेफाइदाबारे यहाँ जानकारी दिँदै छौँ । 
के हो पोस्ट मेनोपज ?
जो महिलाको पछिल्लो एक वर्षमा महिनावारी भएको छैन भने यसलाई मेनोपज भनिन्छ ।  

मेनोपजपछि पनि महिलाको एक वा दुई पटक महिनावारी हुनसक्छ । तर सबै महिलामा त्यस्तो नहुन पनि सक्छ । जब महिनावारी पूर्ण रुपमा बन्द हुन्छ अर्थात् मेनोपजपछिको समयलाई पोस्ट मेनोपज भनिन्छ ।

के ब्रा लगाउन आवश्यक छ ?

फ्रान्सको बेसकोन विश्वविद्यालयका प्राध्यापक जीन–डेनिस रुइलानका अनुसार ब्रा लगाउनैपर्छ भन्ने छैन ।  यो नलगाउँदाका फाइदा धेरै छन् । प्राध्यापकले १५ वर्षसम्म ब्राबारे गरेको अनुसन्धानपश्चात् ब्रा लगाउनुका फाइदाभन्दा नोक्सान बढी हुनसक्ने बताएका छन् ।   

उनको टोलीले १८ देखि ३५ वर्ष सम्मका ३३० महिलालाई छनौट गरे र उनीहरुको स्तनमा १५ वर्षसम्म अनुसन्धान गरे ।  अर्थात् १५ वर्षसम्म सबै महिलाको स्तनको साइज लिइयो । उनीहरुले स्तनको स्वरुपमा के–कस्ता परिवर्तन आए भनेर पनि हेरे । यो अनुसन्धानमा पाइए अनुसार जुन महिलाले ब्रा लगाएका थिएनन् उनीहरुको निप्पल लगभग ७ मिलिमिटरसम्म बढेको भेटियो ।

ब्रा लगाउँदा के हुन्छ ?

पेक्टोरल मसल्समा शिथिलता बढ्छ ।

मांसपेशी कमजोर हुन्छन् । पेक्टोरल, छातीलाई काँधसँग जोड्ने मांसपेशी हो ।

तपाईंले पनि ब्रा नलगाउने त ?

यो अनुसन्धान पढेपछि महिलाहरुलाई ब्रा लगाउन छोड्नु पो पर्ने हो कि भन्ने लाग्न सक्छ । प्राध्यापक जीन–डेनिस रुइलानले लामो समयदेखि ब्रा लगाइरहेका महिलालाई यो लगाई रहन सुझाव दिएका छन् । अप्रत्याशित रुपमा यसलाई रोक्नाले कुनै फाइदा नहुने उनी बताउँछन् ।

ब्रा नलगाउनुका फाइदा के–के छन् ?

तपाईं आनन्दित महसुस गर्नुहुन्छ ।

पेक्टोरल मसल्सले काम गर्छ जसले स्तनको आकार बढाउन मद्दत गर्छ ।

रक्त सञ्चार राम्रो हुन्छ ।

छाती नजिकै वा पिठ्यूँ दुख्ने समस्या कम हुन्छ ।

छालामा डाम बस्दैनन् ।

स्तनमा दबाब पर्दैन ।

ब्रा नलगाउनाले के स्तन खुकुलो हुन्छ ?

ब्रा नलगाउँदा स्तन खुकुलो हुने हो कि भनेर धेरै महिलालाई शंका लाग्न सक्छ । क्यालिफोर्नियाकी एक नर्स पेट्रिसिया गेराप्टीले  यो तर्क चिकित्सकीय रुपमा प्रमाणित भइ नसकेको बताएकी छिन् । उनका अनुसार पाका उमेरका महिलाको गर्भवती भएपछि स्तनमा खुकुलोपना आउन सक्छ । यस्तो ब्रा नलगाएका कारण हुने होइन ।

यद्यपि, ब्रा लगाउनुका बेफाइदा मात्रै छन् भन्ने होइन । यसका केही फाइदा पनि छन् ।

– स्तनले सपोर्ट पाउँछ ।

–सार्वजनिक स्थानमा आत्मविश्वास बढाउँछ ।

– कुनै पनि पहिरनमा तपाईंको

शरीरलाई आकर्षक देखाउँछ ।

– ठिक साइजको ब्रा लगाउँदा शरीर सुगठित देखिन्छ ।

राती ब्रा लगाएर नसुत्नुहोस्ः

– असहज महसुस हुँदैन ।

– शरीरमा चिलाउने वा जलन महसुस हुँदैन ।

– छाती दुखेको वा आत्तिएको जस्तो समस्या हुँदैन ।

– मिठो निद्रा लाग्छ ।

– शरीर पूर्ण रुपमा रेस्ट मोडमा आउँछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>