Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन ०७ गते शनिबार

टिकापुरमा प्रेश सेन्टरकाे शाखा गठन

नेकपा माओवादी निकट सञ्चारकर्मीहरुको संगठन प्रेस सेन्टर नेपालको शनिबार टीकापुर शाखा गठन भएको छ ।


टीकापुरमा भएको पत्रकारहरुको एक भेलाले टीकापुर शाखाको लागि गोचाली एफएमका प्रबन्ध निर्देशक बलराम चौधरीको संयोजकत्वमा शाखा गठन भएको हो ।


गठित प्रेस सेन्टर नेपाल ‘टीकापुर शाखाको सो समितिमा पत्रकार छविलाल जैसी, पूर्ण बि.क., खेमराज पाण्डेय, मानबहादुर ठकुल्ला, नारायण चौधरी, शर्मिला चौधरी, जनक कुमारी जैसी, राजेन्द्र विश्वकर्मा, सिताराम चौधरी, पूर्णिमा चौधरी, रत्ना पुन मगर, हरि चौधरी, दानबहादुर चौधरी र राकेश चौधरी रहेका छन् ।


संगठनका जेष्ठ सदस्य समेत रहेका स्थानीय पत्रकार दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा बसेको सो भेलामा मलवारा दैनिकका प्रकाशक÷सम्पादक एवम् नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति सदस्य दीपेन्द्र भण्डारी, पत्रकार पदम बोहरा, समाधान न्यूज दैनिकका सम्पादक झलनाथ खनाल लगायतको उपस्थिति रहेको थियो ।
भेलाले टीकापुरमा यही फागुन २१ गते शाखा सम्मेलन गर्ने समेत निर्णय गरेको छ ।


सुदूरपश्चिम प्रदेशमा शाखा समिति बनाइएको यो नै पहिलो पटक हो । आगामि २१ गते हुने सो कार्यक्रममा प्रेस सेन्टर नेपालका सुदूरपश्चिम प्रदेश प्रमुख भुवन बोहरा लगायतको उपस्थिती रहने संगठनले जनाइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>