Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन १० गते मङ्गलबार

टि २० बिश्वकप पराजय संङ्गै नेपालकाे बिश्वकप खेल्ने सपना अपुराे

ओमानमा जारी टी २० विश्वकप छनौट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाल यूएईसँग पराजित भएको छ। यो हारसँगै यसै वर्ष अस्ट्रेलियामा हुन लागेको टी २० विश्वकप खेल्ने नेपालको धोको पुरा नहुने भएको छ।

समूह चरणका तीनवटै खेल जितेर सेमिफाइनल पुगेको नेपालले युएईले दिएको १७६ रनको लक्ष्य हासिल गर्न सकेन।

नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १०७ रन मात्रै जोड्न सक्यो।

नेपालको कमजोर बलिङ
यसअघि टस हारेर फिल्डिङ पाएको नेपालले यूएईको ब्याटिङलाई रोक्न सकेनन् । सुरुआतदेखि नै आक्रामक देखिएका यूएईका ब्याटरहरुले सहजै रन जोडेका थिए ।
जितेन्द्र मुखियाले दोस्रो ओभरमा चिराग सुरीलाई आउट
गरे । तर त्यसपछि ओपनर मोहम्मद वासिम र युवा विकेटकिपर वृत्य अरबिन्दले आक्रामक ढङ्गले इनिङलाईअगाडि बढाए । अरबिन्दले चौथो ओभरमा मुखियालाई १८ रन प्रहार गरे।

उनले पाँचौँ ओभरमा अभिनाश बोहरालाई, छैटौँ ओभरमा कप्तान सन्दीप लामिछानेलाई तथा सातौँ ओभरमा आरिफ शेखलाई १३/१३ रन प्रहार गरे ।
आठौँ ओभरमा कप्तान लामिछानेले बोल्ड गरी उनको इनिङ समाप्त पारिदिएका थिए ।

अरबिन्दले २३ बलमा ४६ रन प्रहार गरे । सो क्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए त्यतिबेला स्कोरबोर्डमा ७२ रन बनिसकेको थियो ।

तर यूएईको रन बन्ने क्रम भने रोकिएन ।

एउटा इन्डबाट ओपनर वासिमले निरन्तर रन गति बढाइरहेका थिए ।

११ औँ ओभरमा उनले बोहरालाई १८ रन प्रहार गर्दै स्कोर १०२ रनको स्थितिमा पुऱ्याए ।

बोहराको बलमा लामो शट् खेल्ने क्रममा आउट भएका मोहम्मद उसमानले २४ बलमा १७ रन जोडे ।

सोह्रौँ ओभरको पाँचौँ बलमा बोहराले वासिमको विकेट लिन सफल भए ।वासिमले ४ चौका र ४ छक्काको मदतले ४७ बलम रन बनाएर सर्टलार्ट बलियो स्थानमा पाएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>