Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
२०७८ फागुन ११ गते बुधबार

सात महिनामा नेपालको व्यापार घाटा १० खर्ब नाघ्यो

चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ । अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म नेपालको व्यापार घाटा आठ खर्ब ७३ अर्ब ५६ करोड रुपियाँ थियो ।
तथ्याङ्कअनुसार नेपालले माघसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपियाँको निर्यात गरेको छ । अघिल्लो माघको तुलनामा यो ४२.७८ प्रतिशतले बढी हो । निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ । सात महिनासम्म नेपालले एक खर्ब ३१ अर्ब ६५ करोड रुपियाँको निर्यात गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सात महिनाको तुलनामा ८८.३० प्रतिशतले बढी हो । समीक्षा अवधिसम्म नेपालले सबैभन्दा धेरै ७२ अर्ब ९६ करोड रुपियाँको डिजल आयात भएको छ । त्यसपछि ३९ अर्ब ६६ करोड रुपियाँको कच्चा भटमास तेल, ३४ अर्ब ६९ करोड रुपियाँको एलपी ग्यास, ३३ अर्ब ५६ करोड रुपियाँको पेट्रोल र २९ अर्ब ८६ करोड रुपियाँको अर्ध प्रशोधित फलाम समाग्रीहरूको आयात भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>