Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन ११ गते बुधबार

देश बिदेशमा बिक्ने जनशक्ति उत्पादन गर्न लाग्नुपर्ने मुख्यमन्त्री  भट्ट

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले वैज्ञानिक र व्यावहारिक शिक्षा आजको आवश्यक्ता भएको बताउनुभएको छ ।                                      कञ्चनपुर जिल्लामा रहेको जनसेवा मावि हल्दुखालको स्वर्णजयन्ती समारोहको उदघाटन गर्दै मुख्यमन्त्री भट्टले सो कुरा बताउनुभएको हो । प्रदेश सरकारले निती नै बनाएर सरकारी स्कुलको शिक्षाको गुणस्तर सुधारका लागि लागिपरेको भन्दै टेक्निकल शिक्षामा जोड पुर्बाधार विकास र विद्यार्थीहरुको क्षमता अभिबृद्धिका कार्यक्रमहरु लागु गरिने उहाको भनाइ रहेको छ । अहिलेको एक्कइसौ सताब्तीमा पुरानै र परंपरागत शिक्षा व्याबहारिक नहुने भन्दै युग सुहाउदो शिक्षा प्रणाली लागु गर्नुपर्ने उहाको भनाइ रहेको थियो । कृषिमा भैरहेको बैज्ञानिक सुधार र यान्त्रीकिकरण साथै अन्य क्षेत्रमा आवश्यक पर्ने जनसक्ति उत्पादनका लागि अब सरकारी विद्यालयहरु तयार हुनुपर्ने उहाको भनाइ रहेको थियो । सरकारी विद्यालयहरुले प्राइभेट क्षेत्रसंग प्रतिस्पर्धा गर्न नसकेको यथार्थ रहेको भन्दै देश बिदेशमा बिक्ने जनशक्ति निर्माण गर्न सबै तहका सरकार लागिपर्नुपर्ने मुख्यमन्त्री भट्टको भनाइ रहेको छ । कार्यक्रममा बोल्दै प्रदेशका पुर्ब राज्यमन्त्री प्रकाश रावलले शिक्षा क्षेत्रमा सुधार गर्दै रोजगारी मुलक र सिपमुलक शिक्षा प्रणाली लागु गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गरेको बिभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो भने बिबिध सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा शिक्षा क्षेत्रका बिभिन्न शिक्षा विदहरु संगै शुरक्षाकर्मी संचारकर्मीहरु र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>