घनश्याम पाैडेल - दलित उत्थान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गौरीगंगा नगरपालिका वडा नं ९ वडा कार्यालयको सहयोगमा कार्यक्रम भएको हो । ईन्द्रेणी सामुदायिक बचत संस्था गौरीगंगा - ९ भगवानपुरको आयोजनामा कार्यक्रम गरिएको थियो । ३ दिनको अवधिमा वडा नं ९का ७५ जना दलित महिलाहरुलाई नेतृत्व विकास, दलित पैरवी सम्बन्धि अभिमुखीकरण गरिएको थियो ।
संस्थाका अध्यक्ष किसन विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष हरि प्रसाद तिवारी र महिला वडा सदस्य गोमा भण्डारीले सम्बोधन गरेका थिए । महिलाहरुको पहुँच स्थानिय सरकार र राज्यका हरेक निकायमा सहभागिता र आफ्नो अधिकार स्थापित प्राप्तिका लागि पहल पैरवी गर्न महिला सक्षम हुने विश्वासले कार्यक्रम गरिएको वडा अध्यक्ष तिवारीले बताएका छन् ।
सहभागीहरुलाई दलित अगुवा तथा समाजसेवी लक्ष्मण विक र शान्तिका लागि युवा संजाल कैलालीका संयोजक पिताम्बर पौडेलले सहजीकरण गरेका थिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया