Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन १५ गते आइतबार

एमसिसिकाे बिषयले देशले निरन्तर क्षति ब्यहाेर्दै, बन्दले ब्यावसायि मारमा ।


एमसिसि काे बिरुद्धमा साेमबार देशब्यापि नेपाल बन्द गर्ने ६ कम्युनिस्ट पार्टि र २ वटा माेर्चाले जनाएकाे छ ।
एमसिसिकाे बिराेधमा देशमा थुप्रै पटक बन्द हडताल र ताेडफाेड प्रहरि,दल, बिध्यार्थि,युवाका झडप देशभर भएका छन । यस्ले देशमा थुप्रै क्षति भएकाे छ ।
देशमा नेतृत्वमा रहेका दलहरु सरकार पनि चलाउने र सडकमा पनि आन्दाेलन गरिरहेका छन । यसरी देशमा झन क्षति भैरहेकाे छ । एमसिसिकाे पक्षमा जनताले स्पष्ट केहाे राम्ररि बुझ्न सकेका छैनन, भने दलहरु र सरकारले एमसिसि केहाे जनतालाइ बुझाउन सकेका छैनन ।                                                             एमसिसिले राष्ट्रलाइ घात हुने भन्दै रानितिक दल तथा माेर्चा हरुले देशब्यापि बन्द आब्हान गरेका छन ।
आइतबार ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको नेपाल कम्युनिस्ट पार्टीहरुले नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशिल राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात MCC कम्प्याक्ट पारित गर्ने मुर्खता गरिरहेको छ । यसको विरुद्ध राष्ट्रिय रुपमा प्रतिवाद संघर्ष संचालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकोले विषयको यही संवेदनशिलतालाई दृष्टिगत गरी  ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले तत्कालिक जनसंघर्षको कार्यक्रम घोषणा गर्दै  यसलाई पुरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशिल, सच्चा लोकतन्त्रवादीहरु लगायत बाम जनसमुदायमा आब्हान गरेकाे संयुक्त बिज्ञप्ति जारि गर्दै  नेपाल बन्द काे घाेषणा गरेका छन ।
बन्दले ब्यावसायि मारमा
लगातारकाे देशका उन्नति प्रगतिका लागि गरिने बन्दमा ब्यावसायिले निरन्तर साथ सहयाेग रहेकाे छ । यसै सन्दर्भमा केही ब्यावसायिकाे धारणा निम्न रहेकाे छ ।
कंचनपुरबाट देशभरिका गन्तब्यका लागि यात्रुबहाक सेवा दिने ब्यावसायि महाकालि बहुउद्देश्यीय कम्पनि प्रालि का अध्यक्ष डम्बर पन्तलेले यातायात ब्यावसायिले देशका लागि हुने प्रतेक बन्दमा ब्यावसाय जाेखिम राखेर भएपनि सहयाेग गरियाे, एमसिसि केहाे जनताले स्पष्ट जान्न पनि पाएकाे छैन दुबिधा मात्रै छ कसैले ठिक कसैले बेठिक भनिरहेका छन , संसदले गर्ने निर्णयमा संसद बन्द धेराउ जे हुनु छ त्यहा हुनुपर्ने तर अत्यावश्यक क्षेत्र यातायात क्षेत्र बन्द भएर सुदूर पश्चिम प्रदेशमा मात्रै १ हजार बढि कर्मचारि ले बन्दकाे दिनकाे आयस्राेत गुमाउने यत्तिकै मात्रामा यातायात ब्यावसायिले कराेडाै रकमकाे ब्याज चल्न नपाएर समेत घरबाट तिर्नुपर्ने भएकाेले ब्यावसायि तथा मजदुर मारमा रहेकाे बताएका छन ।
उधाेग बाणिज्य संघ कंचनपुरका अध्यक्ष जंग बहादुर मल्लले काेराेनाले २ बर्ष ब्यावसाय संकटमा रहेकाे तेस्राे लहर काे क्षति अत्धिक हुने भनेपनि कम मात्र हुदा ब्यावसायि उत्साहित थिए तर अकस्मात हुने एक दिनकाे बन्दले १० दिन पछाडि ब्यावसाय जाने अवस्था रहेकाे छ ।१ दिनकाे बन्दले सामान आउन हुने ढिलाइ ले गर्दा समयमा समान दिन नसकिने, साे समयकाे भाडा,ब्याज, मजदुरकाे खर्चले गर्दा लागद बढन गई निजि क्षेत्र पुर्ण रुपमा प्रभाबित भएकाे , व्यापार ब्यावसाय सुचारु गर्न खाेज्दा हुल दंगा गरि आउने ब्यावसायमा ताेडफाेड र क्षति हुने र त्यस्काे क्लेम गर्ने ठाउँ नरहेकाे कारण निजि क्षेत्र थप मारमा रहेकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>