Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन १७ गते मङ्गलबार

डिम्याट खाता र मेराे शेयरकाे खंख्या कति पुग्याे

धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हाल डिम्याट खाताको सङ्ख्या ५० लाख सात हजार २४२ छ । त्यस्तै डिम्याट खाताका साथै मेरो शेयर खाताको सङ्ख्यासमेत बढेको छ । सिडिएसका अनुसार मेरो शेयरको सङ्ख्या ४१ लाख नाघेको छ । विवरणानुसार पछिल्लो समय डिम्याट र मेरो शेयर खाताको सङ्ख्या उल्लेख्य बढेको देखिन्छ ।
गत असार मसान्तसम्म २८ लाख ५५ हजार रहेको मेरो शेयरको सङ्ख्या ४१ लाख १९ हजारभन्दा बढी रहेको छ । त्यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सर्वसाधारण लगानीकर्तालाई केन्द्रीय निक्षेप सेवा सहज बनाउन तथा शेयरको अभिलेखीकरण कार्य गर्नका लागि निक्षेप सदस्यका रूपमा सेवा प्रवाह गर्ने सदस्यको सङ्ख्या गत आवको अन्त्यमा ७८ रहेकामा सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार त्यस्तो सदस्य सङ्ख्या ८२ पुगेका छन् ।
धितोपत्र बजारमा धितोपत्रको कारोबारका साथै प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को आवेदनमा समेत डिम्याट खाता अनिवार्य भएकाले यस्ता खाता खोल्ने क्रम बढेको धितोपत्र बोर्डको बुझाइ छ ।
 कम्पनीको आइपिओे निष्काशनमा भाग लिनेको सङ्ख्या उल्लेख्य बढ्नुले धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढेको पुष्टि हुन्छ । पछिल्लो समय कम्पनीले निष्काशन गर्ने आइपिओमा २५ लाखभन्दा बढीले आवेदन गर्दै आएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>