Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन १७ गते मङ्गलबार

नागरिक बचतपत्रको आवेदन अब अनलाइनबाट पनि दिन सकिने

नागरिक बचतपत्रको आवेदन अब अनलाइन प्रणालीमार्फत पनि दिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले हालै मात्र नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया दोस्रो संशोधन २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 
सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बचतपत्र अनलाइन खरिद गर्ने प्रक्रिया, तथा तरिका बारे जानकारी दिएको छ । बैंकका अनुसार नागरिक बचतपत्र बिक्रीको लागि मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकी बिक्री खुल्ला गरिन्छ । खरिदकर्ताले सोही अवधिभित्र खरिदको लागि आवेदन दिनुपर्ने छ । 
यद्यपि, यस्तो नागरिक बचतपत्र सर्वसाधारण नेपाली नागरिकले मात्र खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्ताले नागरिक बचतपत्र खरिद गर्नको लागि अनुसूची–१ बमोजिमको दुई प्रति आवेदन फारम र अनुसूची–२ बमोजिमको स्व–घोषणा फारम भरी वा राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनिटरी म्यानेजमेन्ट भित्र रहेको अनलाइन प्रणाली मार्फत पेश गर्न सकिनेछ । तर, फारममा खरिद गर्न चाहेको रकम अङ्क र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ ।
बचतपत्र दुई वा दुई भन्दा बढी व्यक्तिको संयुक्त नाममा पनि खरिद गर्न सकिनेछ भने, नाबालकको नाममा खरिद गर्नुपरे संरक्षक रही खरिद गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । नागरिक बचतपत्र भने न्यूनतम १० हजार रुपैयाँदेखि बढीमा १० हजारले निःशेष भाग जाने कुल आह्वान रकमसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।   

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>