Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन १७ गते मङ्गलबार

नागरिक बचतपत्रको आवेदन अब अनलाइनबाट पनि दिन सकिने

नागरिक बचतपत्रको आवेदन अब अनलाइन प्रणालीमार्फत पनि दिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले हालै मात्र नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया दोस्रो संशोधन २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 
सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बचतपत्र अनलाइन खरिद गर्ने प्रक्रिया, तथा तरिका बारे जानकारी दिएको छ । बैंकका अनुसार नागरिक बचतपत्र बिक्रीको लागि मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकी बिक्री खुल्ला गरिन्छ । खरिदकर्ताले सोही अवधिभित्र खरिदको लागि आवेदन दिनुपर्ने छ । 
यद्यपि, यस्तो नागरिक बचतपत्र सर्वसाधारण नेपाली नागरिकले मात्र खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्ताले नागरिक बचतपत्र खरिद गर्नको लागि अनुसूची–१ बमोजिमको दुई प्रति आवेदन फारम र अनुसूची–२ बमोजिमको स्व–घोषणा फारम भरी वा राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनिटरी म्यानेजमेन्ट भित्र रहेको अनलाइन प्रणाली मार्फत पेश गर्न सकिनेछ । तर, फारममा खरिद गर्न चाहेको रकम अङ्क र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ ।
बचतपत्र दुई वा दुई भन्दा बढी व्यक्तिको संयुक्त नाममा पनि खरिद गर्न सकिनेछ भने, नाबालकको नाममा खरिद गर्नुपरे संरक्षक रही खरिद गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । नागरिक बचतपत्र भने न्यूनतम १० हजार रुपैयाँदेखि बढीमा १० हजारले निःशेष भाग जाने कुल आह्वान रकमसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।   

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>