Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
प्रकाश दत्त भट्ट प्रकाश दत्त भट्ट
२०७८ फागुन १९ गते बिहिबार

मझगाउ विमानस्थलको धावन मार्गको निर्माण कार्य सुरू

२०७८ फागुन १८ बाट विमानस्थल निर्माणको काम ३ वर्षमा सक्ने गरी कान्छाराम केएस जेभी निर्माण सेवाले सुरू गरेको छ ।

गौचरनमा परिणत भएको विमानस्थल पुनः सञ्चालनमा ल्याउन आवश्यक पर्ने भौतिक संरचना निमार्ण गर्नका लागी आजको यो शिलन्यास गर्ने दिनसम्म ल्याउन स्थानिय, नागरिक समाज, राजनितिक दल,विभिन्न संघसंगठन,सरकारी तथा गैर सरकारी संस्था,उद्योगी व्यापारी,उद्योग बाणिज्य संघ,होटल व्यवसायी संघ,पर्यटन व्यवसायी,समाजसेवी ,वुद्धिजिवी ,सरोकार समुह,सञ्चारमाध्यम, सञ्चारकर्मी सहितले दवाव समुहको माध्यम बाट नेपाल सरकार समक्ष गरिएको अथक प्रयासले अहिले सार्थकता पाउला जस्तो भएको छ ।

यस विमानस्थलमा बन्ने संरचनाको क्षेत्रफल Runway Area : 1525 m x 30 m. Taxiway: 75 m x 20 m, Apron: 90 m x 60 m को हुनेछ । निर्माणको ठेक्का कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको हो। 
Contract Agreement Date:- 2078-09-25
Date of Work to be Started:- 2078-10-09
Date of Work to be Completed:- 2081-10-08
Contract Agreement Amount:- NRS.45,66,24,714.95 (including VAT)

कञ्चनपुर जिल्लाको मझगाउ विमानस्थल नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले द्वारा 2078 पौष 28 गते विधिवत रुपमा स्तरोन्नतिका लागी शिलान्यास गरिएको थियो। 

उक्त शिलान्यास कार्यक्रममा प्रदेश पर्यटन मन्त्री मान बहादुर धामी, सांसद डा. दिपक भट्ट, निरुदेवी पाल र कृषि राज्य मन्त्री मान बहादुर सुनार, सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री तारालामा तामाङ्ग, सामाजिक बिकास मन्त्री लाल बहादुर खड्का, पुर्व मन्त्री द्वय रमेश लेखक र उर्वादत्त पन्त लगायतका नेताहरु सहभागी थिए । 

 ०३० सालदेखि ०५६ सम्म सञ्चालनमा आएको विमानस्थल सरकारले सुरक्षाको कारण देखाएर ०५६ सालदेखि बन्द गरेको थियो ।  झन्डै २२ वर्ष बन्द रहेको विमानस्थल ६६ बिघा क्षेत्रफलमा फैलिएको छ ।विमानस्थल निर्माण तीनै तहका सरकारको साझेदारीमा बन्नेछ ।  ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका, प्रदेश सरकारको लगानीमा विमानस्थल निर्माण हुनेछ । 
स्थानीय सरकारमध्ये दोधाराचाँदनी नगरपालिकाले ६२ लाख ६० हजार, भीमदत्त नगरपालिको ३ करोड ५० लाख तथा सुदूरपश्चिम प्रदेश सरकारले ८ करोड ७५ लाख रुपैयाँ नेपाल नागरिक उड्यान प्राधिकरणको खातामा जम्मा गरेका थिए। 

 

प्रतिक्रिया