Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०७ गते सोमबार

बेलाैरिमा मुक्त कमलरिका लागि नेतृत्व बिकास तथा सचेतना तालीम सम्पन्न

बेलौरी नगरपालिकाको आर्थिक सहयोगमा मुक्त कमलरी विकास मञ्चको आयोजनामा मुक्त कमलरी महिलाहरुका लागि ३ दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी सचेतना मूलक तालिम सम्पन्न भएको छ । ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको तालिममा ४० जना मुक्त कमलरी महिलाहरूको  नेतृत्व विकास तथा सचेतना तालिम सञ्चालन गरिएको मुक्त कमलरी विकास मञ्च कञ्चनपुरकी अध्यक्ष सीता चौधरीले बताइन् । 
समापन कार्यक्रमका प्रमुख अतिथि रहेका वेलौरी  नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले मुक्त कमलरीहरूले  बजेटको माग गरे अगावै नगरपालिकाले बजेट छुट्याएको बताउँदै पछाडि पारिएका सबै समुदायहरूलाई राज्यको मूल धारमा ल्याउनुपर्ने बताए । मुक्त कमलरीका परिवारहरूका सम्पूर्ण हक अधिकारका लागि भाषा, संस्कृति, रीतिरिवाज खाने परिकार रोजगार शिक्षा जस्ता महत्त्वपूर्ण विषयलाई राज्यले मूलधारमा ल्याउनु पर्ने र मुक्त कमलरिकाे समस्या प्याेकेजमा राज्यले सम्बाेधन गर्नुपर्ने बताए । 
बेलौरी नगरपालिकाका नगर प्रवक्ता हर्क बहादुर भुलले मुक्त कमलरी महिलाहरूलाई सक्दाे सहयाेगका लागि जुनसुकै समयमा पनि वडा तथा नगरपालिका तयार रहेको बताए । मुक्त कमलरी विकास मञ्चकी कंचनपुरकि अध्यक्ष सीता डगाैराले बिगतमा पनि बेलौरी नगरपालिकाले सहयाेग गरेकाे र आगामि दिनमा पनि कमलरिहरुलाई सहयाेग गर्ने वचन दिएका घन्यावाद ज्ञापन गरिन  नेतृत्व विकास  कार्यक्रममा ४० जना महिलाहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षक धीरेन्द्र कुमार ढुङ्गाले तालिम दिएका थिए ।
कार्यक्रममा बिकास मन्चकि केन्दिय सदस्य चाैधरी, हर्क बहादुर भुल लगायतकाे आथिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।


#मुक्त कमलरि

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>