Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०१ गते मङ्गलबार

महाकाली राेयल्टीमा सबैले सफाई पाए, अख्तियारकाे दाबि पुगेन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाकाली नदीको रोयल्टी हिनामिनामा विशेष अदालतमा दायर मुद्दामा भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्ट सहित  सबैले सफाई पाएका छन् ।
विशेष अदालतमा मंगलबार रोयल्टी हिनामिना सम्बन्धि दायर तीन ओटै मुद्दामा विष्ट सहित सबै प्रतिवादीलाई सफाई गरेको हो ।
विशेष अदालतका न्यायाधीश टेक नारायण कुँवर, रामबहादुर थापा र रितेश थापाको इजलासले मुद्दामा दाबी नपुग्ने फैसला गरेको विशेष अदालतका सुचना अधिकारी यज्ञराज रेग्मीले समृद्धि पाेष्टलाई बताएका छन उनका अनुसार न्यायधिसहरुले फैलसा हस्तलिखित पुर्ण पाठ लेख्ने भएकाले केही समयपछि वेव साईटमा समेत हेर्न पाईने बताएका छन  । विशेष अदालतमा आइतबारदेखि तीन ओटै मुद्दामा सुनवाई भएको हाे ।
अख्तियारले महाकाली नदीको नदीको नदीजन्य पदार्थ संकलनमा रोयल्टी छुट दिएर भ्रष्टाचार गरेको भन्दै निवर्तमान मेयर विष्ट सहित नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र ठेकेदार कम्पनीका प्रतिनिधि विरुद्ध अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।
ती मुद्दामा भवानी कन्स्ट्रक्सन प्रालि समेत ११, सुरेन्द्र विष्ट समेत १४ र सुरेन्द्र विष्ट समेत १२ जनालाई प्रतिवादी बनाइएको थियो ।
भीमदत्त नगरपालिकाले कार्यकालिका निर्णय गरी कोरोना महामारीका बेला रोयल्टी छुट दिएको थियो ।

नदिजन्य बस्तुकाे ठेक्का ब्यावस्थापन बारे हिमालय सिह ऐर काे लेख निम्न लिङ्कमा छ । https://samriddhipost.com/news/4718



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>