Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर ०७ गते मङ्गलबार

प्रेस सेन्टर नेपाल अछाम काे अध्यक्षमा पुनः रावल

अछाम - प्रेस सेन्टर नेपाल जिल्ला समिति अछामको पाँचौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनको वन्द सत्रले पुनः रावलकै अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा महेश रिमाल र भारती नेपाली, सचिवमा रमेश परियार, सहसचिवमा चन्द्र भण्डारी र मनोज भुल, कोषाध्यक्षमा रुपक परियार लगायत अरु सदस्य रहेका छन । यस्तै अधिवेशनले केन्द्रिय प्रतिनिधिमा पहल साउद, होम साउद र जंग बहादुर केसी, प्रदेश प्रतिनिधिमा जनक रावत, टेकराज बिक,  लालबहादुर चदारा, नविन साउद र सुमन परियार चयन भएका छन । निर्वाचन समिति संयोजक झपट कुमार केसीका अनुसार जिल्ला सबै पदाधिकारी र प्रदेश तथा केन्द्रिय प्रतिनिधहरु सर्वसम्मत चयन भएका हुन ।

यसअघि संगठनका अध्यक्ष नरेन्द्र रावलको अध्यक्षतामा भएको अधिवेशनको उदघाटन समारोहमा नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य लोक बहादुर बोगटी प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथि बोगटीले प्रेस सेन्टर नेपाल बिरताको गाथा बोकेर जन्मिएको संगठन भएको भन्दै जनपक्षीय पत्रकारीताका लागि प्रेस संगठन अरुभन्दा पृथक भएको बताउनुभयो । श्रमजीवि पत्रकारहरुले लेखेवाफतको पारिश्रमिक पाउनुपर्ने उल्लेख गर्दै उहाँले समाजमा लुकेर रहेका सवाललाई उजागर गर्न क्रियाशिल हुनुपर्ने वताउनुभयो । समाज रुपान्तरणका सवालमा पत्रकारको कलमले गर्ने संघर्ष सबैभन्दा प्रभावकारी हुने बताउदै बोगटीले अवका दिनमा अझ सशक्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल प्राध्यापक संगठन सुदूरपश्चिम प्रदेश कमिटी सदस्य झपट कुमार केसी, प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारी, वाईसियल नेपालका जिल्ला सचिव बम बहादुर साउद, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पंकज साउद र कमल थापा लगायतका अतिथि रहनुभएको थियो ।

प्रतिक्रिया