Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर ०८ गते बुधबार

४६ युवतिकाे नग्न तस्बिर राख्ने युवा काे हाेला
साङ्केतिक तस्बिर


काठमाडौं । काठमाडौंको भोटेबहालका २० वर्षीय लव खड्गीलाई प्रहरीले एक किशोरीको नग्न तस्वीर सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा पक्राउ गरेको थियो । साइबर ब्यूरोमा यस्ता खाले थुप्रै घटना आइराख्छन्, त्यसैले प्रहरीले यस घटना पनि सामान्य केशहरुमा झैँ छानविन गरिरहेको थियो ।

तर ब्यूरोमा रहेको फरेन्सिक प्रयोगशालामा खड्गीको मोबाइल जाँच गर्दा अनुसन्धान अधिकृतले जे देखे, त्यसले प्रहरीलाई नै चकित बनाइदिएको छ । अहिले प्रहरीले यसलाई गम्भीर घटनाको रुपमा लिएर छानविन गरिरहेको छ । प्रहरीलाई सुरुमा लागेको थियो, ‘खड्गीले फोटोसपबाट नक्कली तस्वीर बनाएर एक जना किशोरीलाई धम्क्याएका होलान् ।’

यसरी फसे किशोरी र युवती

खड्गी पक्राउ गरेको १५ वर्षीया किशोरीको जाहेरीको आधारमा हो । यो घटनामा इन्स्टाग्राममा उनले पीडितलाई फलो गरेका छन् । सुरुमा फलोब्याक नगरेपछि उनले गाली गरेका छन्, युवतीले जवाफ फर्काउँदै गएपछि बुबाआमालाई ‘छाडा बोलेको’ स्क्रिनसट पठाइदिने भनेर धम्की दिएका छन् ।

परिवारसँग डराएर किशोरीले विस्तारै नग्न तस्वीरहरु पठाउन थालेको  पीडितको जोहरीमा उल्लेखित विवरणमा खुलाइएको छ । ‘सुरुमा घाँटीभन्दा तल शरीरको निश्चित भागको फोटो पठाए कसैलाई नभनिदिने भनेर धम्क्याएको थियो’ जाहेरीमा भनिएको छ, ‘पछि भिडियो पनि पठाउन लगाएको थियो ।’ पटकपटक पठाउँदा पनि खड्गीले दुःख दिन नछाडेपछि किशोरीले परिवारका एक सदस्यलाई यो विषय सुनाइन् । त्यसपछि यो घटना प्रहरीसम्म पुगेको थियो ।

प्रहरीले उनकै जाहेरीका आधारमा अनुसन्धान गरिरहेको छ । तर घटनाको गम्भीरता अनुसार थप व्यक्तिहरुको पनि जाहेरी आए अनुसन्धानमा सहज हुने अधिकृतहरु बताउँछन् ।

पोर्न साइटमा अपलोड गर्ने धम्की

अनुसन्धान अधिकृतहरुका अनुसार खड्गीले पीडितलाई पोर्न साइटमा भिडियो हालिदिने धम्की दिएको पनि पाइएको छ । ‘उनले पोर्न साइटमा भिडियो पठाएजस्तो गरेर नक्कली स्क्रीनसट पनि तयार गरेको देखिएको छ’ एक अधिकृत भन्छन्, ‘तर उनले भिडियो चाहिँ पठाएका थिएनन् ।’

प्रहरीका अनुसार खड्गी ‘ट्याटु आर्टिस्ट’ हुन्, वसन्तपुरमा उनको पसल छ । ‘ट्याटु खोप्न आउने युवतीहरुको पनि नग्न तस्वीर र भिडियो मोबाइलमा बरामद भएको छ’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘उनीहरुको खोजी गरिरहेका छौं ।’

पीडितमध्ये अधिकांश खड्गीको डरका कारण प्रहरी कहाँ नआएको हुनसक्ने अधिकृतहरु बताउँछन् । ब्यूरोका एसएसपी नविन्द अर्याल भन्छन्, ‘कोही उहाँबाट पीडित हुनुहुन्छ भने डर नमानी निर्धक्क साथ साइबर ब्यूरोमा खबर गरिदिनु होला ।’

प्रतिक्रिया