Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर ०८ गते बुधबार

नेका कंचनपुरमा लेखक प्यानलकाे उमेदवारि घाेषणा

महेन्द्रनगर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कञ्चनपुरमा जिल्ला सभापतिकालागि पदम बोगटी र बहादुर सिंह थापा भिड्ने भएका छन् । रमेश लेखक प्यानलबाट बोगटी र एनपी साउद प्यानलबाट थापा पार्टी सभापतिकालाई भिड्ने भएका हुन् । बुधवार पत्रकार सम्मेलन गर्दै नेता लेखक प्यानलले सभापति लगायत पदाधिकारीको उम्मेद्वारी घोषणा गरेको हो । सभापतिको उम्मेद्वारमा बोगटी, उपसभापतिको उम्मेद्वारमा दिवाकर पाण्डेय र शंकर बहादुर चन्द, सचिवको उम्मेद्वारमा सिद्धराज भट्ट र जनक सिंह धामी, सह–सचिवमा कविराज भट्ट र पुष्कल चौधरीले उम्मेदवारी घोषणा गरेका हुन् ।

Open photoलेखक प्यानलबाट जिल्ला कार्यसमितिका लागि उम्मेद्वारी घोषणा गरेका पदाधिकारीका उम्मेदवारहरुले सबै क्षेत्र समेटेका छन् । सभापति र उपसभापतिका उम्मेदवार भीमदत्त नगरपालिकाबाट हुन भने सचिवका उम्मेदवार सिद्धराज भट्ट शुक्लाफाँटा नगरपालिकाबाट हुन्। शिक्षा क्षेत्रमा राम्रो छबी बनाएका भट्ट सेवानिवृत शिक्षक हुन् । सचिव पदका अर्का उम्मेदवार जनक सिंह धामी कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका युवा नेता हुन् । सह–सचिव पदका उम्मेदवार पुष्कल चौधरी पनि दक्षिणी भेगकै कुशल थारु नेताका रुपमा परिचित छन् । अर्का सह–सचिव पदका उम्मेदवार कविराज भट्ट कृष्णपुरका जुझारु नेता हुन् । सभापतिका उम्मेदवार बोगटी संस्थापन पक्षकै नेता एनपी साउद निकट रहेर राजनीतिमा सक्रिय थिए । यद्यपी नेता साउदका गतीविधि र प्रवृतीका कारण आफुले आफ्नो क्षेत्रमा आफ्नै नेता संग नजिक भएर जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए । क्षेत्र नं. २ मा नेता साउँदले प्रतिशोधको भावना राख्दै पार्टी सभापति हरि प्रसाद बोहरा र नेपाली कांग्रेसका अग्रज नेता तथा पुर्व सांसद बलदेव बोहरालाई महाधिवेशन प्रतिनिधिमा नै पराजय गराउन विभिन्न प्रपञ्च गरी अगाडी बढ्न नदिएको प्रति घोर आपत्ति व्यक्त गरे ।

‘पार्टी सभापति हरि बोहरा र बलदेव दाईलाई महाधिवेशनमा ल्याउनु पथ्र्यो, तर त्यहा अकल्पनिय घटना घटाइयो,’ उनले भने–‘पर्टी सभापति बोहरा महाधिवेशन आए पुनः उहालाई नै मैले सभापतिमा समर्थन गर्ने कुरा पहिल्यै भएको थियो, तर त्यहा जे भयो गलत भयो । तसर्थ हामी सबैको समझदारीमा मैले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेको हुँ ।’ एनपी साउदका प्रिय पात्रका रुपमा रहेका बोगटी पार्टी सभापतिका लागि लेखक प्यानलबाट उम्मेदवार बन्नुलाई राजनीतिमा बाध्यात्मक कोणनीतिका रुपमा हेरिएको हो । १३ औं महाधिवेशनमा एनपी प्यानलबाट पार्टी सभापतिका उम्मेदवार रहेका बोगटी रमेश लेखकका उम्मेद्वार हरि बोहरा संग पराजय भएका थिए । एनपी प्यानलबाट पार्टी सभापतिका उम्मेदवार बहादुर सिंह थापा कञ्चनपुर कांग्रेसको दुई कार्यकाल सभापति बसिसकेको व्यक्ति हुन् ।

नगर अधिवेशन अघि सम्म नेता थापा सुदूरपश्चिम प्रदेश सभापतिकालागि उम्मेदवार बन्ने बताउदै आएको भए पनि पछिल्लो राजनीतिक उतार–चढाउवका कारण नेता साँउदले उनलाई जिल्ला सभापतिको उम्मेदवारमै ल्याउने भएका छन् । पार्टी पंक्तिमा राम्रो छबी बनाएका नेता थापा पछिल्लो समय अस्थिरताको राजनीतिक बाटोमा रहेको जिल्लाका राजनीतिक बिश्लेषकहरुको तर्क छ । नेता थापा सम्भावना बोकेका व्यक्ति भएपनि पूर्व मन्त्री साउदसंगै अल्झिनमै रहेको उनका शुभचिन्तक एक नेताले भने ।

प्रतिक्रिया