Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७८ फागुन ३० गते सोमबार

ब्यवस्थित गर्न खाेजेका सडक मृत्यु मार्ग बन्ने जाेखिम

 सहजताका र सुबिधाका लागि निर्माण चरणमा रहेकाे सडक चाैडाइ बिस्तारका ठाउमा बाटाे निर्माण कमजाेर भएकै कारण दुर्घटना हुने र मत्यु मार्गमा परिणत हुन सक्ने अवस्था देखिन्छ ।

पुर्व पश्चिम राजमार्ग हाल खण्ड खण्डमा बिस्तार हुने क्रममा छ । कंचनपुरकाे गड्डाचाैकि बाट पुर्व तर्फ काे खण्डमा भिमदत्त र बेतकाेट नगरपालिकामा पर्ने सडक खण्डमा सडक चाैडा गर्ने र त्यहा आवश्यक भएका कल्भट ( साना पुल ) निर्माण ठेक्का मार्फत निरमाण भैरहेकाे छ
सडकमा निर्माण भएका कल्भटमा सिमेन्ट राम्राे संग नखादिएकाे अवस्था भेटिएकाे छ । सडक डिभिजन कार्यालय कंचनपुरले ठेक्का दिई काम भै रहेकाे कामका ठेकेदार सुरज निर्माण सेवा का प्रेम सिह भण्डारिले जसलिङ्ग निर्माण सेवाकाे नाममा ठेक्का लिई काम गरिरहेका कल्भट मा बाहिरै बाट केही भागमा खाेक्राे देखिएकाे छ । यस्ताे निर्माण किन गरेकाे भन्ने पश्नमा ठेकेदार कम्पनिका भण्डारिकाले भाइबरेटर लगाउदा बाहिरकाे बार खस्किन पुगेकाेले मसला बगेकाे बताएका छन ।  यस्ताे लापर्पाहि पुर्ण निर्माण किन हुन दिनुहुन्छ भन्ने जिज्ञासामा डिभिजन कार्यालयका डिई नरेन्द्र प्रसाद भट्टले कमसल निर्माण भएमा सुधार्न लगाइने बताएका छन ।

प्रतिक्रिया