Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर ०९ गते बिहिबार

महेन्द्रनगर । दार्चुलामा कांग्रेसको जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधि छनौटका लागि आज निर्वाचन हुँदैछ । सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया सुरु गरिएको हो । महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाको उम्मेदवारी परेको छ ।

२५ जना महाधिवेशन प्रतिनिधि चुनिने छन् । जिल्ला सभापतिका लागि ललितसिंह बोहरा र अमरसिह धामीको उम्मेदवारी परेको छ ।  बोहरा वर्तमान जिल्ला सभापति हुन् भने धामी उपसभापति हुन् ।

 सभापतिका उम्मेदवार बोहरा पौडेल पक्षमा खुल्नुभएको छ । सभापतिका अर्का उम्मेदवार धामी समेत विगतमा पौडेल पक्षमै रहेपनि अहिले देउवा पक्षबाट चुनाव लडि रहेका छन् ।

पदाधिकारीसहित ४२ सदस्यीय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका लागि १ हजार ४२ मतदाताले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

जिल्ला कार्य समितिका लागि ६६ जनाको उम्मेदवारी परेको छ । यसअघि ७८ जनाको उम्मेदवारी परेकोमा १२ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । 

प्रतिक्रिया