Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर ०९ गते बिहिबार

कंचनपुरबाट एमाले महाधिबेषनमा क कस्काे उमेदवारि

महेन्द्रनगर - नेकपा एमालेको दशौं महाधिवेशनमा कञ्चनपुरबाट आधा दर्जन बढी नेताहरुले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका छन् ।

शुक्रबारदेखि चितवनमा सुरु हुने महाधिवेशनमा सांसददेखि स्थानीय तहका जनप्रतिनिधिले उम्मेद्वारी दिने घोषण गरेका हुन् ।

केन्द्रीय सदस्यका लागि कञ्चनपुर क्षेत्र नं. ३ का सांसद डा. दिपक प्रकाश भट्ट, क्षेत्र नं. २ का सांसद नर बहादुर धामी, संसदको महिला तथा सामाजिक समितिकी सभापति समेत रहेकी एमाले कञ्चनपुरकी इनचार्ज निरुदेवी पाल र बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले उम्मेद्वारी घोषणा गरेका हुन् ।

यसैगरि एमाले सुदूरपश्चिमका प्रदेश सचिव राजेन्द्र रावल, एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष वीर बहादुर थापा (पातल) र भूमि आयोग कञ्चनपुरकी पूर्व अध्यक्ष कमला बोहोराले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

महिला तथा सामाजिक समितिकी सभापति पाल एमाले कञ्चनपुरकी इन्चार्ज हुन् । उनी अहिले पनि एमालेकी केन्द्रीय सदस्य हुन् । उनले महिला खुला तर्फबाट उम्मेद्वारी दिने घोषणा गरेकी छन् ।

क्षेत्र न. ३ बाट निर्वाचित सांसद भट्ट सैन्यविद हुन् । उनले शान्ति प्रक्रियाका बेला सेना समायोजनमा समेत विभिन्न समितिमा बसेर काम गरेका छन् ।

केन्द्रीय सदस्यका अर्का उम्मेद्वार सांसद धामी अनेरास्ववियुको राजनीतिबाट आएका हुन् । तत्कालि सिद्धनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत भइसकेका छन् ।

रावल जिल्ला विकास समिति कञ्चनपुरका पुर्व उपसभापति हुन् । उनी एमाले कञ्चनपुर तत्कालिन सचिव समेत भइसकेका छन् ।

बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । युवा संघ नेपालको केन्द्रीय सचिव हुदै पार्टी राजनीतिमा लागेका उनी एमाले सुदूरपश्चिम प्रदेश कमिटिका सदस्य हुन् ।

जिल्ला अध्यक्ष थापा माओवादी पृष्ठभूमीका हुन् । नेकपा माओवादीक केन्द्र र नेकपा एमाले एकिकरणपछि नेपापाका जिल्ला अध्यक्ष भएका उनी पार्टी विभजनपछि पनि एमालेमै सक्रिय छन् ।

केन्द्रीय सदस्यकी अर्की उम्मेद्वार बोहोरा विद्यार्थी राजनीतिबाट आएकी हुन् । विघटीट भूमि आयोगकी कञ्चनपुर अध्यक्ष समेत थिइन् । उनले सुदूरपश्चिम प्रदेशको भुगोलबाट महिला तर्फ केन्द्रीय सदस्य उम्मेद्वारी दिने घोषणा गरेकी छिन् ।

प्रदेश भुगोलबाट पुरुषतर्फ ४ र महिलातर्फ २ केन्द्रीय सदस्य हुने व्यवस्था छ । पाल बाहेक सबैले सुदूरपश्चिम प्रदेशको भुगोलबाट उम्मेद्वारी घोषणा गरेका हुन् ।

प्रतिक्रिया