Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर ०९ गते बिहिबार

नेका कंचनपुरमा साउद र बिष्ट पक्षका जिल्ला पदाधिकारिमा क कस्काे उमेदवारि

महेन्द्रनगर । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार हुने जिल्ला अधिवेशनमा एनपी साउँद समूहले बहादुरसिंह थापाको नेतृत्वमा पदाधिकारीको टीम बनाएको छ । उनको प्रतिस्पर्धा रमेश लेखक समूहबाट उम्मेदवारी दिएका पदम बोगटीसँग हुनेछ । 

थापा प्यानलबाट उपसभापतिमा मीन बहादुर सिंह र हरिचन्द्र रानाले उम्मेदवारी दिने भएका छन् । सचिबमा भिमराज भट्ट र हेमराज ओझा अगाडी सरेका छन् । सहसचिबमा नाफुसिंह साउद र 
हरिप्रसाद अधिकारीको नाम टुंगो लागेको छ ।

वडा सभापति, नगर सभापति र क्षेत्रिय प्रतिनिधि गरी १ हजार ६ सय ६ जना मतदाता छन् । एनपी साउद पक्षलाई दक्षिणी क्षेत्रका कांग्रेस नेता दिवानसिंह विष्टको साथ छ । दिवान र साउद निकटहरुको टीम बनेको हो । 

प्रतिक्रिया